विद्यालयस्तरीय छात्र टि–२० क्रिकेट: समूह बिजेता बन्दै मदरल्याण्ड सेमिफाइनलमा प्रवेश
पाेखरा | जेठ २०, २०८२

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा मदरल्याण्डले त्रिवेणी पब्लिक स्कुलबिरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै सेमीफाइनलको यात्रा गर्ने पहिलो टिम बनेको हो । यसअघि मदरल्याण्डले आईतबार वाराही माविलाई ९ रनले पराजित गरेको थियो ।
सोमबारको खेल जितेर मदरल्याण्ड समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
सोमबारको खेलमा त्रिवेणी पव्लिक स्कुलले टस जितेर व्याटिङ रोज्दै १०.४ ओभरमा ९ विकेटको नोक्सानीमा ४८ रन बनाएको थियो । सो स्कुलका क्याप्टेन खुट्टामा चोट लागेर घाईते भएपछि अन्तिम विकेट झर्नुअघि नै रिटायर्ड हर्टहुँदै बाहिरिएका थिए ।
त्रिवेणीका ऋतिक रोक्काले १५ बलमा १७ रन तथा प्रतीक कँडेलले १९ बलमा १४ रन बनाउनुबाहेक अन्य व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्रिवेणीलाई झिनो स्कोरमा समेट्ने क्रममा गौरव क्षेत्रीले २ ओभरमा ३ रन दिएर २ विकेट लिँदा दर्शन सुवेदीले १.४ ओभरमा ४ रन खर्चेर २ विकेट हत्याएका थिए ।
४९ रनको झिनो लक्ष्य पछ्याएको मदरल्याण्डले ५.१ ओभरमै १ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । मदरल्याण्डका ग्रेस क्षेत्रीले १५ बलमा २० रन तथा दर्शन सुवेदीले ११ बलमा १६ रनको योगदान दिए । त्रिवेणीका रोमन भाटले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिनुबाहेक अन्य बलर विकेट लिन असफल रहे ।
सो खेलमा मदरल्याण्डका गौरव क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए ।
सोमबार नै भएको अर्को जुनियर सिटिजन एकेडेमीले कुमुदिनी होम्सलाई १ सय रनको फराकिलो अन्तरले हरायो ।
यसअघि आईतबार भएको खेलमा प्रतिभा माविसँगपनि एक सय रनले पराजित कुमुदिनी सोमबारपनि उतिनै रनले जुनियर सिटिजन एकेडेमीसँग हारेपछि समूह बिजेता बनेर सेमीफाइनल प्रवेश गर्ने होडबाट बाहिरिएको छ ।
सोमबारको खेलमा टस जितेर व्याटिङ रोजेको जुनियर सिटीजन एकेडेमीले वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा पूरै ओभर खेल्दै २ विकेटको क्षेतीमा १७३ रनको विशाल योगफल तयार ग¥यो ।
विशाल योगफल तयार गर्नका लागि जुनियर सिटिजन एकेडेमीका सौरभ शर्माले ४५ बलमा ६९ रन, साहिल कुमारले ४२ बलमा ५९ रन तथा अभिषेक विकले ११ बलमा २२ रनको योगदान दिए ।
१७४ रनको विशाल लक्ष्य पछ्याएको कुमुदिनी होम्स ११.५ ओभरमा पूरै विकेट गुमाएर ७३ रनमा सिमित भएको थियो । कुमुदिनी होम्सका लागि मोहम्मद अलीले १५ बलमा १४ रन तथा सिद्धार्थ रावतले ९ बलमा ११ रन बनाएपनि अन्यले दोहोरो रन जोड्न सकेनन । जुनियर सिटिजनका नविन श्रेष्ठले २.५ ओभरमा १७ रन खर्चेर ४ विकेट तथा दीपेन सुवेदीले २ ओभरमा ७ रन खर्चेर २ विकेट हत्याए ।
सो खेलमा जुनियर सिटिजन एकेडेमीका नवीन श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा न्यूलाईट सेकेण्डरीबिरुद्ध अमरसिंह मावि तथा दोश्रो खेलमा एसओएस हर्मन माईनर सेकेण्डरी स्कुलबिरुद्ध रत्नज्योति सेकेण्डरी स्कुल आमनेसामने हुने संघका अध्यक्ष पुनले जानकारी दिए ।
काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ। जिल्ला प्र...
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...