बागलुङमा बिपी स्मृति भवन निर्माणका लागि जुट्दै समर्थक

बाग्लुङ | भदौ २८, २०७९

बागलुङमा बिपी स्मृति भवन निर्माणका लागि जुट्दै समर्थक

गलकोट :   बागलुङ कांग्रेसले थालेको बिपी स्मृति भवन निर्माणले सार्थकता पाउन थालेको छ । 

 

भवनका लागि जग्गा खरिदसँगै शुभेच्छुकबाट सहयोग सङ्कलन अभियानलाई तीव्रता दिइएको छ । अब बन्ने भवनमा पार्टी कार्यालय सञ्चालन गरिने पार्टीले जनाएको छ । स्मृति भवन बनाउनका लागि एक हजार एक सदस्य समिति गठन गरेको कांग्रेसले पछिल्लो पाँच महिनायता भवन निर्माणका लागि रु एक करोड सङ्कलन गरिसकेको छ । 

 

कांग्रेस बागलुङको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति जित शेरचनको समितिले जग्गा खरिद गरेर भवन निर्माण गर्ने अठोट लिएसँगै रकम सङ्कलन तीव्रता पाएको हो । छोटो समयमै घडेरी व्यवस्थापन गरेर रकम सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले जानकारी दिनुभयो । 

 

उहाँले भन्नुभयो, “करिब दुई करोड रकम बागदान भइसकेको छ, हामीले उठ्ने रकम मात्रै बोल्न लगाएका छौँ, रकम सहयोग गर्नका लागि कांग्रेस समर्थकले आफैँ बोलाउने अवस्था छ । हालसम्म एक करोड रकम खातामा जम्मा भइसकेको छ, रकम उठ्ने कार्यले तीव्रता पाएको छ ।

 

रु १० करोड उठाउने लक्ष्य रहेको छ, जसले जग्गा खरिदको रकम तिर्न, घर निर्माण गर्न र कोष स्थापना गर्ने तयारी छ ।” कांग्रेसले बिपी स्मृति भवन बनाउने अभियानअन्तर्गत बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद भइसकेको र हाल पार्टी कार्यालय बनाउनका लागि कांग्रेस शुभेच्छुकबाट रकम सङ्कलन अभियान चलाइ राखेकोे कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताउनुभयो । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्