बागलुङमा बिपी स्मृति भवन निर्माणका लागि जुट्दै समर्थक
बाग्लुङ | भदौ २८, २०७९

गलकोट : बागलुङ कांग्रेसले थालेको बिपी स्मृति भवन निर्माणले सार्थकता पाउन थालेको छ ।
भवनका लागि जग्गा खरिदसँगै शुभेच्छुकबाट सहयोग सङ्कलन अभियानलाई तीव्रता दिइएको छ । अब बन्ने भवनमा पार्टी कार्यालय सञ्चालन गरिने पार्टीले जनाएको छ । स्मृति भवन बनाउनका लागि एक हजार एक सदस्य समिति गठन गरेको कांग्रेसले पछिल्लो पाँच महिनायता भवन निर्माणका लागि रु एक करोड सङ्कलन गरिसकेको छ ।
कांग्रेस बागलुङको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति जित शेरचनको समितिले जग्गा खरिद गरेर भवन निर्माण गर्ने अठोट लिएसँगै रकम सङ्कलन तीव्रता पाएको हो । छोटो समयमै घडेरी व्यवस्थापन गरेर रकम सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “करिब दुई करोड रकम बागदान भइसकेको छ, हामीले उठ्ने रकम मात्रै बोल्न लगाएका छौँ, रकम सहयोग गर्नका लागि कांग्रेस समर्थकले आफैँ बोलाउने अवस्था छ । हालसम्म एक करोड रकम खातामा जम्मा भइसकेको छ, रकम उठ्ने कार्यले तीव्रता पाएको छ ।
रु १० करोड उठाउने लक्ष्य रहेको छ, जसले जग्गा खरिदको रकम तिर्न, घर निर्माण गर्न र कोष स्थापना गर्ने तयारी छ ।” कांग्रेसले बिपी स्मृति भवन बनाउने अभियानअन्तर्गत बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद भइसकेको र हाल पार्टी कार्यालय बनाउनका लागि कांग्रेस शुभेच्छुकबाट रकम सङ्कलन अभियान चलाइ राखेकोे कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताउनुभयो ।
नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्। प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्द...
लुम्बिनी प्रदेशमा दसैँको अवधिमा ५३६ वटा सवारी दुर्घटना भएका छन् । असोज ६ गतेदेखि १९ गतेसम्मको अवधिमा प्रदेशका १२ वटा जिल्लामा गरी ५३६ सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको हो । त...
काठमाडौँ: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म ...