पोउवामा सदस्यको मतगणना जारी, प्रभा सुवेदीको अग्रता
पाेखरा | भदौ २६, २०७९
पोखराः पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न जारी मतदानपछि सदस्य पदको मत गणना भइरहेको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ हजार मतगणना हुँदा प्रभा सुवेदी अग्रस्थानमा रहेकी छिन् । अबको केही समयपछि हालसम्म गणना भएको मत सार्वजनिक गर्ने बताइएको छ ।
सदस्यहरुको मत गणनापछि अन्य पदको मत गणना सुरु हुनेछ । सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ ।
जसमध्ये १० जना निर्वाचित हुनेछन् । सुवेदी प्रजापती प्यानलकी उम्मेदवार हुन् । उनले ६ सय ३० मत ल्याएकी छिन्
निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघमा ३ हजार १४३ मतदाता छन् ।
संघको अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

