पोखरा खबर: अर्कैको नाममा ट्रायल दिँदा मञ्जुसँगै पक्राउ परिन निरा
पाेखरा | भदौ २४, २०७९

पोखरा । पोखरामा सवारी साधन अनुमति पत्रको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्की गण्डकी प्रदेश, कास्की पोखराबाट सञ्चालन गरिएको वर्ग ‘के’ स्कुटरको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
भदौँ २२ गते सञ्चालन भएको उक्त परिक्षामा तनहुँ भानु नगरपालिका वडा नं. २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षा दिने जिल्ला मकवानपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा प्रकाउ परेका हुन ।
साथै उक्त परिक्षा दिन लगाउने भानु नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ को निरा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।
दोषीलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...