तनहुँ समाज हङकङद्वारा बिरामीलाई आर्थिक सहयोग
तनहुँ | भदौ २२, २०७९
तनहुँ । तनहुँ समाज हङकङले मुटु रोगबाट पीडित तनहुँको ऋषिङ गाँउपालिका–७ की ४३ वर्षीया चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ ।
समाजले उहाँलाई रु एक लाख ७९ हजार सहयोग गरेको हो ।

डेढ दशकदेखि मुटु रोगबाट पीडित नेपालीलाई समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र श्रीराम आलेले उहाँकै घरमा गई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रोजगारीको सिलसिलमा हङकङमा रहेकाहरुले उक्त रकम सङ्कलन गरेका हुन् । उहाँको हालै मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात थप औषधी सेवन गर्नुपरेकाले आर्थिक अभाव भएको अवस्थामा गरिएको सहयोगले उपचारमा मद्दत पुगेको गुरुङले बताउनुभयो ।
पीडित नेपालीका श्रीमान् डोलराजका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि तनहुँ हङकङ समाजलाई सहयोगका लागि आग्रह गरिएको हो । सामाजिक सेवामा सक्रिय समाजले यसअघि पनि थुप्रैलाई सहयोग गरेको छ । हङकङमा बसोबास गर्दै आएका नेपालीहरुले समन्वय गरी सहयोग रकम सङ्कलन गर्दै आएका कार्यक्रमका संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । समाजले एक दशकदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, दैवीप्रकोपलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

