पोखरामा प्रदेश स्तरीय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न
पाेखरा | भदौ २०, २०७९
पोखरा : कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न भएको छ ।
पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए ।
प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३.१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । त्यसै गरि बुल्स जिमका चेतबहादुर थापाले ४४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४३५ उठाएर कास्य पदक जिते।
त्यसै गरि ६६।१ देखि ७४ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै करण ताज्याले स्वर्ण जिते । ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए । त्यस्तै बिकास गुरुङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते।
त्यस्तै ७४.१ देखि ८३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत पदक जिते। त्यस्तै बबिन पुनले ४३० केजी उठाएर कास्य जिते। त्यस्तै ५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश बिबेक गुरुङ (४४० केजी), बिबेक खडका (४०२.५ केजी) र मौलादीन मिया (३२० केजी) पहिलो, दोस्रो र तेस्रो भए ।
त्यस्तै ५९ केजी भन्दा कम तौल समूह बीच भएको प्रतिस्पर्धामा क्रमश किसन गुरुङ (३४२.५ केजी), संदेश गुरुङ (३४० केजी) र युनिक गुरुङ (३१२.५ केजी) पहिलो, दोस्रो र तेस्रो भए । ९३ केजी भन्दा बढी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । त्यस्तै क्रमश सुमिन परियार (४५७.५ केजी) र प्रथम श्रेष्ठ (४५२.५ केजी) दोस्रो र तेस्रो भए ।
महिला तर्फ भएको ६३ केजी भन्दा बढी तौल समुहमा व्यायामशालाका शर्मिला शाह (३९० केजी) ले स्वर्ण पदक जितिन्। त्यस्तै सरस्वती गुरुङ ( ३३२.५ केजीं र गुडु थापा (३२३ केजी) क्रमश दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी), एनिमाया दर्जी (२४४ केजी) र सोनी गुरुङ (२४१ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी) , एनिमाया दर्जी (२४४ केजीं) र सोनी गुरुङ (२४१ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५ केजी भन्दा कम तौल समूहमा क्रमश सपना गुरुङ (२७७.५ केजी) , पदमा थापा (२७० केजी) र सुस्मिता पौडेल (२२३ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

