मल्ललाई दिउँसो ४ बजे सार्वजनिक गर्दै कास्की प्रहरी

कास्की | बैशाख २१, २०७९

मल्ललाई दिउँसो ४ बजे सार्वजनिक गर्दै कास्की प्रहरी

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो ४ बजे कार चालक एन्जिल बम मल्लाई सार्वजनिक गर्ने भएको छ । 

 

आइतबारदेखि फरार रहेका कुश्मा नगरपालिका १ पर्वतका २७ वर्षिय मल्लाई काठमाण्डौबाट पक्राउ गरी आज पोखरा ल्याएको थियो । उक्त पत्रकार सम्मेलनमा मल्ल सहित कर्तव्य ज्यान मुद्धाका अर्का एक व्यक्तिलाई समेत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले  ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सविना पुनको मृत्यु भएको थियो ।
 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्