मल्ललाई दिउँसो ४ बजे सार्वजनिक गर्दै कास्की प्रहरी
कास्की | बैशाख २१, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो ४ बजे कार चालक एन्जिल बम मल्लाई सार्वजनिक गर्ने भएको छ ।
आइतबारदेखि फरार रहेका कुश्मा नगरपालिका १ पर्वतका २७ वर्षिय मल्लाई काठमाण्डौबाट पक्राउ गरी आज पोखरा ल्याएको थियो । उक्त पत्रकार सम्मेलनमा मल्ल सहित कर्तव्य ज्यान मुद्धाका अर्का एक व्यक्तिलाई समेत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सविना पुनको मृत्यु भएको थियो ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

