पोखरा उद्योग वाणिज्य संघमा केसी ग्रुपको ‘इण्ट्रि’
पाेखरा | भदौ १९, २०७९
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा देशकै प्रतिष्ठित उद्योगी घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन हुनुभएको हो । उहाँले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व गर्नुभएको हो । माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहनुभएका कार्की पोखराको जोण्टा क्लव, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुहुन्छ । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल मनोनित हुनुभयो ।
पोखरा उद्योग वाणिज्य संघले ३४औं महाधिवेशन यहि भदौ २४ र २५ गते हुँदैछ । त्यसको पूर्वाद्र्धमै उहाँहरु निर्विरोध हुनुभएको हो । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।
संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना, औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

