म्याग्दीमा उम्मेदवार सिफारिसमा जुटे दलहरु

म्याग्दी | भदौ १९, २०७९

म्याग्दीमा उम्मेदवार सिफारिसमा जुटे दलहरु

म्याग्दी  :  म्याग्दीका राजनीतिक दलहरुले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया थालेका छन् ।

 

प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाङ्क्षीहरुको तल्लो कमिटीबाट नाम सङ्कलन गरेर छनोटको प्रक्रिया अघि बढाएका हुन् । नेपाली कांग्रेसले आकाङ्क्षीहरुको नाम सिफारिस गरिसकेको छ । नेकपा (माओवादी केन्द्र)ले आकाङ्क्षीको नाम सङ्कलन गरेको छ । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रि प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेका छन् ।

 

नेकपा (एमाले) ले शनिबार प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारकोे विवरण सङ्कलन गरेको छ । एमालेबाट प्रदेशसभा क्षेत्र ९क०मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेता सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दाबी पेश गर्नुभएको छ । 

 

समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दाबी गर्नुभएको छ । यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यशोदा रोकाले दाबी गर्नुभएको छ । 

 

समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गर्नुभएको छ । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका आकाङ्क्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटी बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो । 

 

कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधिसमेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्यसमितिको बैठकमा उम्मेदवार बन्न आकाङ्क्षा राखेका ३२ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । 

 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उपसभापति कर्णबहादुर भण्डारी ९केवी० सिफारिस हुनुभएको जिल्ला सचिव हिरा पुनले जानकारी दिनुभयो ।

 

प्रतिनिधिसभाको समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हीराबहादुर पुन, मनकुमारी विश्वकर्मा, बिनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भीमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, मिनबहादुर कार्की र डमबहादुर गर्बुजा सिफारिस हुनुभएको छ ।

 

सामानुपातिकतर्फ विमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस हुनुभएको छ ।  समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देवीकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस भएको छ । 

 

नेकपा ९एकीकृत समाजवादी० म्याग्दीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ बद्री पुन ९दिलु तिलिजा०, देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम सिफारिस भएको छ । 

 

प्रदेशसभा क्षेत्र (क)को प्रत्यक्षतर्फ नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मा, समानुपातिकतर्फ मुना बानियाँ, दुर्गा कार्की र डम्बर पुर्जा सिफारिस हुनुभएको छ । प्रदेशसभा क्षेत्र ९ख०मा प्रत्यक्षतर्फ जयन्द्र केसी, अनुप गौचन, ममता जुग्जाली, समानुपातिकमा रुद्र किसान, बमबहादुर पाइजा र कल्पना सापकोटा सिफारिस हुनुभएको छ । 

 

माओवादीबाट प्रतिनिधिसभा सदस्य पदमा संबिधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय कमिटीका संयोजक रेशम जुग्जाली, प्रदेश सदस्य तथा सांसद विनोद केसी र केन्द्रीय सल्लाहकार चन्द्रबहादुर घिमिरेले दाबी प्रस्तुत गर्नुभएको छ । 

 

प्रदेश सभा ‘क’ मा हरिबहादुर भण्डारी, धनलाल जैसी, बागवीर पाइजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरे, ‘ख’ मा रेशम जुग्जाली, अर्जुन थापा, झकबहादुर छन्त्याल, खुमनाथ सुवेदी र चन्द्रप्रसाद बुढाथोकीले प्रत्यक्षतर्फको उमेद्वारमा दाबी गर्नुभएको छ । 

 

समानुपातिकतर्फ प्रतिनिधिसभामा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर विक, यामन रोका, गौरी सेन्चुरी र सुकमाया रोकाले उम्मेदवार बन्न दाबी पेश गरेको सो पार्टीले जनाएको छ । राप्रपाले प्रतिनिधिसभामा जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र ९क० मा रामबहादुर शाही र (ख) मा होमबहादुर थापाको नाम उम्मेदवारका लागि सिफारिस गरेको जनाएको छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्