मतसँगै मन पनि माग्दै प्रजापति समूह

पाेखरा | भदौ १८, २०७९

मतसँगै मन पनि माग्दै प्रजापति समूह

पोखरा :  पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका पवनकुमार प्रजापतिले उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफूलाई मत मात्र नभएर मन पनि दिन मतदाताहरुसमक्ष आग्रह गरेका छन् । 

 

उद्योगी व्यवसायीको मत त स्वभाविक रुपमा आफूलाई नै आउने विश्वास गर्दै उनले नेतृत्वमा रहेर काम गर्नका लागि मनैदेखि सहयोग गर्न उद्योगी व्यवसायीहरुसमक्ष अनुरोध गरेका हुन् ।

 

घरदैलोको क्रममा म लगाएको मेरो टिमप्रति उद्योगी व्यवसायीहरुको जुन विश्वास देखिएको छ, त्यसलाई आधार मानेर हेर्दा मैले प्रशस्तै मत पाउने कुरामा दुईमत छैन । प्रजापतिले भने ( तर म निर्वाचित भएर काम गर्नलाई उहाँहरुले मलाई मनैदेखि सहयोग पनि गर्नुपर्छ भन्ने म चाहन्छु । त्यसैले मैले हरेक व्यवसायीलाई आफूले मतसँगै मनदेखिको सहयोग पनि मागेको छु । प्रजापतिले आफू र आफ्नो टिम निस्वार्थ रुपमा संघको जीवन्तता र उद्योगी व्यवसायीको लागि अभियन्ता बनेर काम गर्नका लागि चुनावी मैदानमा होमिएको बताए ।

 

विभिन्न १७ बुंदे घोषणापत्रसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रजापति समूहले शनिबार मनोनयन दर्ता गरिसकेको छ । मनोनयन दर्ताका लागि पोखरा उद्योग वाणिज्य संघमा पुगेको समूहलाई ठुलो संख्यामा मतदाता उद्योगी व्यवसायीहरुले स्वागत गरेका थिए । साथै मनोनयन दर्ताको क्रममा पोखरा उद्योग वाणिज्य संघ परिसरमा पुगेका उद्योगी व्यवसायीहरुले पवन प्रजापति समूहलाई जितको अग्रिम शुभकामना समेत दिएका थिए ।

 

मनोनयन दर्तापश्चात प्रजापति समूह घरदैलोका लागि हेमजातर्फ लागेको थियो । हेमजाको मिलनचोक, सुईखेत लगाएतका स्थानका उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष भेट गरि आफ्नो पक्षमा मत मागेको टोली त्यसपछि लेकसाईडका व्यवसायीहरुको घरदैलोमा पुगेको थियो ।

 

अधिवेशनको समय नजिकईरहँदा प्रजापति समूहले प्रचारलाई पनि उस्तै तिव्रता दिएको छ। नयाँ पुस्ताका सदस्य पदाधिकारीसहित पाका व्यवसायीहरुसमेत अटाएको यो समूहलाई लिएर उद्योगी व्यवसायीहरु पनि बढि नै आशाबादी देखिएका छन् ।

 

अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

थप पढ्नुहोस्

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

थप पढ्नुहोस्

चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...

थप पढ्नुहोस्