मतसँगै मन पनि माग्दै प्रजापति समूह
पाेखरा | भदौ १८, २०७९
पोखरा : पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका पवनकुमार प्रजापतिले उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफूलाई मत मात्र नभएर मन पनि दिन मतदाताहरुसमक्ष आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीको मत त स्वभाविक रुपमा आफूलाई नै आउने विश्वास गर्दै उनले नेतृत्वमा रहेर काम गर्नका लागि मनैदेखि सहयोग गर्न उद्योगी व्यवसायीहरुसमक्ष अनुरोध गरेका हुन् ।
घरदैलोको क्रममा म लगाएको मेरो टिमप्रति उद्योगी व्यवसायीहरुको जुन विश्वास देखिएको छ, त्यसलाई आधार मानेर हेर्दा मैले प्रशस्तै मत पाउने कुरामा दुईमत छैन । प्रजापतिले भने ( तर म निर्वाचित भएर काम गर्नलाई उहाँहरुले मलाई मनैदेखि सहयोग पनि गर्नुपर्छ भन्ने म चाहन्छु । त्यसैले मैले हरेक व्यवसायीलाई आफूले मतसँगै मनदेखिको सहयोग पनि मागेको छु । प्रजापतिले आफू र आफ्नो टिम निस्वार्थ रुपमा संघको जीवन्तता र उद्योगी व्यवसायीको लागि अभियन्ता बनेर काम गर्नका लागि चुनावी मैदानमा होमिएको बताए ।
विभिन्न १७ बुंदे घोषणापत्रसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको प्रजापति समूहले शनिबार मनोनयन दर्ता गरिसकेको छ । मनोनयन दर्ताका लागि पोखरा उद्योग वाणिज्य संघमा पुगेको समूहलाई ठुलो संख्यामा मतदाता उद्योगी व्यवसायीहरुले स्वागत गरेका थिए । साथै मनोनयन दर्ताको क्रममा पोखरा उद्योग वाणिज्य संघ परिसरमा पुगेका उद्योगी व्यवसायीहरुले पवन प्रजापति समूहलाई जितको अग्रिम शुभकामना समेत दिएका थिए ।

मनोनयन दर्तापश्चात प्रजापति समूह घरदैलोका लागि हेमजातर्फ लागेको थियो । हेमजाको मिलनचोक, सुईखेत लगाएतका स्थानका उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष भेट गरि आफ्नो पक्षमा मत मागेको टोली त्यसपछि लेकसाईडका व्यवसायीहरुको घरदैलोमा पुगेको थियो ।
अधिवेशनको समय नजिकईरहँदा प्रजापति समूहले प्रचारलाई पनि उस्तै तिव्रता दिएको छ। नयाँ पुस्ताका सदस्य पदाधिकारीसहित पाका व्यवसायीहरुसमेत अटाएको यो समूहलाई लिएर उद्योगी व्यवसायीहरु पनि बढि नै आशाबादी देखिएका छन् ।
अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...

