काठेखोलामा बस्तीपिच्छे धमाधम सिँचाइ आयोजना

काठमाडाैं | चैत २६, २०७८

काठेखोलामा बस्तीपिच्छे धमाधम सिँचाइ आयोजना

बागलुङ, २६ चैत (रासस): वडाभर सिँचाइ सुविधा पु¥याउन काठेखोला गाउँपालिका–७ रेशमा निर्माण थालिएका सिँचाइ आयोजनाले गति लिएका छन् । रेशका सबै बस्ती समेट्ने गरी सञ्चालनमा ल्याइएका ती आयोजनामा स्थानीयवासीदेखि प्रदेश सरकारसम्मको लगानी छ ।

रु दुई करोड ३५ लाख ११ हजार बजेटको पखेरीडाँडा–देउराली–सिम्ले सिँचाइ आयोजना यही वर्षभित्र सक्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लले बताउनुभयो । पक्की कुलो निर्माण भइसकेर अहिले पाइपलाइनको काम भइरहेको उहाँको भनाइ थियो । गण्डकी प्रदेश सरकारको बजेटमा तीन वर्षअघि उक्त आयोजनाको काम थालिएको थियो । रेश खोलाको मुहानबाट साढे दुई किमी पक्की कुलो निर्माण गरेर बस्तीमा सिँचाइ सुविधा पु¥याइएको छ । धेरै वर्ष पहिले गाउँलेले खानेपानीका लागि ल्याएको कुलोलाई नै पक्की बनाएर सिँचाइमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताउनुभयो ।

“यसबाट १५० हेक्टर जग्गा सिञ्चित हुन्छ, यो रेशकै ठूलो सिँचाइ आयोजना हो”, उहाँले भन्नुभयो । सोही वडामा डोटा–साङ्खोला सिँचाइ आयोजना पनि सञ्चालित छ । आयोजनाको ९५० मिटर नहर बनाइएपछि अहिले किसानले सिँचाइ सुविधा पाइरहेका छन् । स्थानीय उपभोक्ता युवराज गौतमले उक्त आयोजनाबाट गोटडाँडा, सिम्ले, मरुवा, पैरैलगायत ठाउँमा सिँचाइ सुविधा पुगेको बताउनुभयो । “सिँचाइका लागि पानीको ठूलो स्रोत भएको यो आयोजनाले रेशका धेरै ठाउँलाई समेट्छ”, उहाँले भन्नुभयो, “चालू आवमा पनि थप रु १० लाखको बजेटबाट आयोजना विस्तारको काम हुँदैछ ।”

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको बजेटमार्फत दुई वर्षअघि उक्त आयोजनाको काम सुरु गरिएको थियो । पहिलो वर्ष रु २० लाख, गतवर्ष रु ३० लाखको काम भएको उपभोक्ता समितिले जनाएको छ । सोही ठाउँमा विसं २०६८ मा पुरानो सिँचाइ कुलो मर्मत गर्ने क्रममा सुख्खा पहिरामा पुरिएका स्थानीय पाँच महिलाले ज्यान गुमाउनुपरेको थियो । अहिले बनेका आयोजनाबाट सिँचाइ सहज भएपछि गाउँले पनि खुसी छन् । रेशको अर्को सिँचाइ आयोजना हो, दामगाडे । खरदाङको मुहानबाट एक हजार ५०० मिटर पाइप बिच्छयाएर सिँचाइका लागि पानी ल्याइएको उक्त आयोजनाका उपभोक्ता रामचन्द्र गौतमले बताउनुभयो ।

आयोजनाबाट भुनिया, आलखेत, आँटारी हुँदै जिरेदीको फाँटसम्म सिँचाइ पुग्ने उहाँको भनाइ थियो। उपभोक्ता गौतमका अनुसार सिँचाइ आयोजनाबाट पानी मिल सञ्चालकले पनि लाभ लिइरहेका छन् । दामगाडे आयोजनाको मुहानबाटै अर्को सिँचाइ आयोजना पनि सञ्चालित छ । उक्त आयोजना भने स्थानीयवासीको लगानी र जनश्रमदानबाट बनाइएको हो । करिब एक हजार मिटर पाइपलाइनको यस आयोजनाबाट दामगाडेदेखि आरिमपाटासम्म सिँचाइ सुविधा पुग्छ ।

यस्तै सञ्चालनमा रहेको गाउँपालिकाको रु ५० लाख बजेट निर्मित पल्लाचौरी–डोटेस्वाँरा–बिरौटा सिँचाइ आयोजनाबाट रामपास, सिम्लेलगायतका ठाउँमा सिँचाइ सुविधा पु¥याइएको छ । रेशमा थप अरु आयोजनाका लागि पनि प्रस्ताव अघि बढाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । बनिसकेका र निर्माणाधीन आयोजनाबाट बस्ती छेउछाउका बारीसँगै बेसीको फाँटमा बाह्रैमास सिँचाइ सुविधा पुग्ने उहाँको भनाइ थियो । “रेशका एक हजार १०० घरधुरीले नै सिँचाइ आयोजनाबाट लाभ पाउँछन्”, वडाध्यक्ष लामिछानेले भन्नुभयो, “वर्षौंदेखि रेशका बासिन्दाले भोग्दै आएको सिँचाइको असुविधा अन्त्य हुँदैछ ।”

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स...

थप पढ्नुहोस्

रसुवा: गङ्गा दशहरा पर्वअन्तर्गत बुधबारदेखि सुरू भएको गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीका लागि आवश्यक उद्धारको व्यवस्था मिलाइएको छ ।  समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थमा आउने ...

थप पढ्नुहोस्

काठमाडौं:  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ पुग्ने अनुमान सरकारले गरे छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा‍ आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको ...

थप पढ्नुहोस्