पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार बढी खेलाडीको सहभागिता

कास्की | भदौ ८, २०७९

पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार बढी खेलाडीको सहभागिता

पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि-२ र्‍याकिङ  तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप-२०२२’ तर्फ गरी १ हजार भन्दा बढी खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ । 

 

काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा वढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताएका हुन् । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्‍याकिङ  र पुम्से प्रतियोगिताका लागि विभिन्न एक दर्जन बढी राष्ट्रका खेलाडीहरुले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए । 

 

पोखरामा र काठमाण्डौमा प्रतियोगिताको तयारी बारे भइरहेको प्रगती बारे पत्रकारहरुलाई जानकारी दिंदै मुल आयोजक समितिका सचिव समेत रहेका गुरुङले भने–“हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं जसबाट कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने छ ।’ पहिलो चरणको दर्ता प्रक्रिया यहि भदौ ९ गते सम्म जारी रहने तथा दोश्रो चरणको दर्ता भदौ १० बाट सुरु हुने उनले बताए । उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागीता हुने जनाइएको छ भने विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे छ ।

 

यस अघि दुई पटक सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो  । पोखरा रंगशालास्थित बहुुउद्धेश्यीय  कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको (१४ वर्ष देखि ६० वर्ष भन्दा माथि ) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथि  एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य एवम ओलम्पियन दिपक विष्टले जानकारी दिए । 

 

विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव रु २ करोड ५५ लाख खर्च हुने आयोजक समितिका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी गराएका थिए ।

पत्रकार सम्मेलन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणको अध्यक्षतामा सम्पन्न भएको थियो ।  
 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्