पोखरा –१५ मा बृहत् सरसफाइ अभियान, ४ ट्रक फोहोर संकलन
पाेखरा | भदौ ३, २०७९
पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ ले वडास्तरीय बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रवार बिहान साढे सात बजेदेखि पोखरा –१५ स्थित फूलबारी होटेलको १ नम्बर र २ नम्बर गेटबाट संयुक्त रूपमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको हो ।
सरसफाइ कार्यक्रममा बोल्दै वडाध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान अन्तर्गत हिजो घोषणापत्रमा प्रतिबद्धता गरिएअनुरूप वडामा सरसफाइ कार्यक्रमको सुरुवात गरिएको बताए। उनले यस अभियानलाई मासिक रूपमा निरन्तरता दिइने र चाडबाड लागेसँगै अब वडाको सरसफाइमा जुट्नु पर्छ भनेर आजदेखि पहिलो चरणको सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए। उनले पोखरा –१५ लाई स्वच्छ वडा बनाउन सरसफाइ कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए ।
यस्तै, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीले आजको सफाइ कार्यक्रममा नकुहिने र नष्ट नहुने प्लास्टिकजन्य फोहोर सङ्कलनमा जोड दिइएको बताए। उनले यस्ता प्रकृतिका फोहोरलाई जथाभाबी नफाली बोरामा जम्मा गरेर फोहोरको गाडीमा मात्र फाल्न नगरवासीमा आग्रह गरे। साथै, केसीले नदीपुर क्षेत्रबाट सेती नहरमा प्लास्टिक जन्य फोहोर बगाउने गरेका कारण पोखरा –१४ ,१५ का वडाहरूका अत्यन्तै दूषित हुँदै आएकाले यस्ता कार्य नगर्न सबैलाई आग्रह गरे ।
आजको सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधि, पूर्व न्यायिक समिति सदस्य पार्वती थापा, टोल बासी आमा समूह, स्थानीय समाजसेवी, वृद्ध लगायत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर केसीको कमान्डमा ३४९ जवानहरूको सहभागिता रहेको थियो। भने, सहभागीबाट ४ ट्रक फोहोर सङ्कलन भएको थियो ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...
गोरखा: गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...

