स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण
पाेखरा | कात्तिक ६, २०८३
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।
कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित कार्यक्रममा स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न प्रजातिका वृक्षारोपण गरिएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सांसद गुरुङले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको उत्तरदायित्व र स्नेह स्वरूप सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रमा योगदान गर्ने प्रवासी नेपालीहरूको प्रशंसा गरिन् ।
सांसद गुरुङले मातृभूमिप्रतिको माया शब्दमा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै सो प्रकारका रचनात्मक कार्यले सामाजिक उत्तरदायित्व र हरियाली प्रवद्र्धनमा टेवा पु¥याउने उल्लेख गरिन् ।

उनले रोपिएका बिरुवा हुर्कंदै जाँदा स्वर्गीय दीपक गुरुङप्रतिको आत्मीयता र स्मृति सधैँ ताजा रहने विश्वास व्यक्त गरिन् ।
कोने घोथाने घोण्डे तमु समाज यूकेले नेपालमा पु¥याउँदै आएको सामाजिक, सांस्कृतिक तथा धार्मिक योगदानको सम्मान हुनुपर्नेमा जोड दिँदै प्रदेश सांसद गुरुङले स्वर्गीय दीपक गुरुङको स्मृतिमा गरिएको वृक्षारोपणले वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र भावी पुस्ताका लागि हरियाली प्रवद्र्धन गर्ने सन्देश दिनेमा विश्वास व्यक्त गरेकी थिइन् ।
यस्तै कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङले बढ्दो प्राकृतिक विपत्ति न्यूनीकरण र वातावरण संरक्षण वर्तमानको अनिवार्य आवश्यकता भएको धारणा राखे ।
उक्त अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, युवा नेता विक्की गुरुङ, ध्रुव गुरुङ, विनोद गुरुङ र रूपा गुरुङ लगायतले वृक्षारोपण गरेका थिए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

