जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ

पाेखरा | बैशाख १३, २०८३

जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरा महानगरपालिका ४ स्थित एक खाजाघरबाट थापालाई शनिबार पक्राउ गरिएको हो ।

 

लागुऔषध मुद्दाका प्रतिवादीलाई मुद्दा मिलाउन सहजीकरण गरिदिने भन्दै ५० हजार रकम लिएको निवदेनका आधारमा क्षेत्रीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी रामहरी शर्माले पब्लिक टिभीलाई बताए ।

 

सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

 


 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्