विकृति र विसङ्गतिबाट मुक्त हुन सरकारलाई सांसद पुनको आग्रह

काठमाडाैं | चैत २५, २०८२

विकृति र विसङ्गतिबाट मुक्त हुन सरकारलाई सांसद पुनको आग्रह

सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।

 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद पुनले यस्तो आग्रह गर्नुभएको हो ।

 

नेपाल एकीकरण पछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै उहाँले आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने पद्धतिको विकास गर्न जोड दिनुभयो ।

 

उ​हाँले भन्नुभयो, “म सरकार र सबै राजनीतिक दललाई के अनुरोध गर्न चाहन्छु भने नेपालमा सदियौँदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता भाइरसबाट बच्नुहोस् ।

 

यो भाइरसले अझै पनि छोडेको छैन । आगामी दिनमा कुनै मन्त्री वा सांसदले आफ्ना आफन्तलाई फलानो पदमा नियुक्त गर्‍यो भन्ने सुन्नु नपरोस् ।”

 

फरक प्रसङ्गमा बोल्दै सांसद पुनले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए तापनि सो अनुसारको सेवा–सुविधा उपलब्ध नगराइएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

“गुम्लीलाई हिमाली जिल्ला घोषणा गरिए पनि त्यहाँका जनताले पाउनुपर्ने सुविधा पाएका छैनन्,” उहाँले भन्नुभयो, “हिमाली जिल्लाले पाउने आधारभूत सेवा र सुविधाहरू तत्काल उपलब्ध गराउन म अनुरोध गर्दछु ।” 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्