अभावमा सफलता खोज्दै फेन्सिङ खेलाडी, हौसला बढाउदै राजेश

पाेखरा | भदौ १, २०७९

अभावमा सफलता खोज्दै फेन्सिङ खेलाडी, हौसला बढाउदै राजेश

कास्कीका फेन्सिङ खेलाडी अभावमा सफलता खोज्दैछन् ।कार्यालय र प्रशिक्षण गर्ने ठाउँ नभएर समस्यामा परेका खेलाडीलाई उर्जा थप्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको सहयोग महत्वपूर्ण बनेको छ । 

 

एक महिना अगाडि पोखरा रंगशालामा रहेको मल्टिप्रपोज हलमा प्रशिक्षण हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका सदस्य गुरुङले मंगलबार प्रशिक्षण स्थलको निरिक्षण गरें ।

 

तहाँ पुग्दा आर्थिक अवस्था कमजोर हुँदा दैनिक रुपमा प्रशिक्षणमा आउन खेलाडीलाई समस्या पर्ने गरेको उनले थाहा पाए । अनि तत्कालै उनले ६ जना फेन्सिङ खेलाडीलाई नगद सहयोग गरें । सहयोग हस्तान्तरण  गर्दै उनले  ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलाडीलाई सुझाए ।  गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत हुन् ।

 

आठांै खेलकुद प्रतियोगितामा टिम इभेन्टमा काँस्य पदक हात पारेका फेन्सिङ खेलाडी यसपाली अझ उच्च मनोबलका साथ प्रतिष्पर्धामा उत्रने जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाहीले बताए ।
कास्की जिल्लामा झण्डै ६० जना फेन्सिङ खेलाडी रहेको भएपनि आफूहरुले अहिले जुनियरलाई फोकस गरेको शाहीले सुनाए । हुनत यहाँ सातौ देखि खेलेका खेलाडी पनि छन्’उनले भने । फेन्सिङका खेलाडीले पर्फमेन्सको आधारमा अवसर पाइरहेको उनले सुनाए । यसपाली महिला र पुरुष दुवै तर्फको टिम राम्रो रहेको उनको भनाई छ ।

 

‘इकुप्मेन्ट नहुँदा समस्या परेको छ । आजसम्म एक थोपा पानी पनि सहयोग छैन, जेनतेन आइरहेका छन् ।  गुनासो खासै सुनुवाई भएको छैन ।  तरपनि राम्रो गर्ने कोशिस गरिरहेका छौँ’ अध्यक्ष शाहीले भने । राखेप सदस्य गुरुङले गरेको सहयोगले केही मलमपट्टी भने लागेको उनले सुनाए ।
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्