कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
मुस्ताङ | चैत ५, २०८२
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।
काग खोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान गर्नेको बिहानैदेखि घुइँचो लागेको हो ।
कागबेनीमा पुगेका तिर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदानमा सहज व्यवस्थापन गरिएको कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनवीर किसानले बताए ।
तिर्थालुलाई त्रिवेणीधाममा सहज रूपमा पूजाआजाका लागि प्रहरी चौकी कागबेनी, मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्राम, स्थानीय आमा समुह, यूवा क्लब सहित सङ्घसंस्थाले समेत सघाइरहेका छन्।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

