पीएम कप: ५० ओभरको खेल ४ ओभरमै समाप्त

पाेखरा | माघ ११, २०८२

पीएम कप: ५० ओभरको खेल ४ ओभरमै समाप्त

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ ।


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खेल सकाउँदै १० विकेटको जित हासिल गरेको छ । 


एभरेष्ट क्रिकेट क्लबले दिएको २१ रनको अति सामान्य लक्ष्य पछ्याएको लेकसाइडले ४ ओभरमा २४ रन बनाउँदै जित हासिल गरेको हो । यो एक दिवसीय क्रिकेटमा विरलै हुने घटना हो । ५० ओभरको खेल ४ ओभरमै सकिएको जारी प्रतियोगिताकै सबैभन्दा छिटो सकिएको खेल बनेको छ । 


त्यसअघि टस जितेर व्याटिङ थालेको एभरेष्ट १२.३ ओभरमा मात्र २१ रनमा अलआउट हुन पुगेको थियो । अति सामान्य विजयी लक्ष्य दिएको एभरेष्ट निकै कम्जोर देखियो । समिर आलमले ४ र सचिन यादवले ३ रन बनाए । लेकसाइडका लागि निरज ढकालले ५ र चन्दन राउतले ४ विकेट लिए ।


आइतबार नै सम्पन्न अर्को खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई २४ रनले हराएको छ । १६२ रनको सामान्य विजयी लक्ष्य पाएको पोखरा ३२.५ ओभरमै स्तब्ध भयो । पोखराले १३७ रन बनाउँदा अलआउट हुन पुगेको हो । पोखराका लागि मुस्कान थापाले उत्कृष्ट व्याटिङ गरेपनि जितका लागि पर्याप्त रहेन । उनले ८६ बलको सामना गर्दै ७६ रनको योगदान दिएपनि खेर गयो । सुवाष भण्डारी १६ रनमा आउट भए । 


त्यसअघि टस जितेर ब्याटिङ थालेको माछापुच्छ्रे ३७.१ ओभरमा १६१ रनमा अलआउट हुन पुग्यो । अनिश जिसीले ४१ बलमा ४१ रन बनाए । दिपक माझिले २० बलमा २७ रन तथा कविन सापकोटाले ५३ बलको सामना गर्दै २५ रन जोडे । 


पोखराका लागि सुवाष भण्डारी र देव शाहले समान ३÷३ विकेट लिए । सागर भुजेलले २  विकेट लिए । माछापुच्छ्रेका लागि कविन सापकोटाले ४ विकेट लिए । अनिश जिसीले ३ तथा रितेश बरालले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अनिश जिसी घोषित भए । 


माघ २ देखी सुरु प्रतियोगिता पोखरा र लेखनाथमा जारी छ । प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्