दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव
काठमाडाैं | पुस १०, २०८२
पोखरा: पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो ।
मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो ।
दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो ।
महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव स्थल भित्र छिरेकाले अन्य दिनको तुलनामा विहिवार दर्शकको सख्या दोब्वरले नै बृद्धि भएको आयोजकको दावी रहेको छ ।
मेलाको थप आकर्षणको रुपमा रहेको विद्यालय स्तरीय प्रस्तुती अन्तरगत विहिवार लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी, लिटल गार्डेन मण्टेश्वरी शिलशिला स्कुलका प्रस्तुतिले महोत्सव स्थलमा थप रोचक बनेको थियो ।
यसैविच जातजातीको भेषभुष प्रर्दशनितर्फ भण्डारढिक नेवाःखलको प्रस्तुती रहेको थियो भने महिलाहरुको सन्मानका लागि राखिएको रतौली तर्फ खाष्टेताल बाराही महिला समुहको प्रस्तुती रहेको थियो ।
पुस ३ गते देखि चलेको महोत्सवको आठौं दिन चलिरहदा विहिवार मात्र १ करोड वरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म आउदा ७ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ विहिवार मात्र ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म २ लाख २५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् ।
यसैविच महोत्सवको आठौं दिन शिव हमाल,राजन कार्की,परशुराम अधिकारी,सपना गाहामगर,नविना सुवेदी र भुमिका गिरीले ंंंप्रस्तुती दिएका थिए भने जानुका पौडेल(प्याकुली) र निरु खड्कले प्रस्तुति दिए भने बेलुका कन्सर्टमा गायक ओम गुरुङ, ¥यापर माईला र यम नेपालीको प्रस्तुतीले स्टेज तताएको थियो ।द
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

