आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा

काठमाडाैं | पुस १०, २०८२

आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा तस्बिर फाइल

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो। 


‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामैं भनेको छु’, उहाँले भन्नुभयो, ‘एकवर्ष अघि ०८१ पुस २१ गते मेचिनगर झापाको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै ‘आगामी चुनावमा उम्मेदवार बन्न इच्छुक साथीहरू अहिल्यैदेखि गाउँमा मेहनत गर्नोस्, म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन, भनेर घोषणा गरेको थिएँ’ तर पनि फेरि पनि सर्वसम्मत सिफारिस गरेकोमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु।’ 


उहाँले पावरले भ्याएसम्म उम्मेदवार बन्ने जित्दा ठिकै छ हार्दा पनि नछाड्ने प्रवृत्ति रहेको भन्दै त्यो प्रवृत्ति भत्काउन जरुरी रहेको भन्दै अब तीन पटक उम्मेदवार बनिसकेकोले आफू उम्मेदवार नबन्ने बताउनुभएको हो। उहाँले यो पटक चुनावमा देशभरका उम्मेदवारको साथमा हुने प्रष्ट पार्नुभएको छ। 


आफ्नो ‘पावर’ ले भ्याएसम्म उम्मेदवार बन्ने। जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने। एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भएपनी उम्मेदवार बन्नैपर्ने  बाँचुन्जेल क्षेत्र ‘कब्जा’ को सोच राख्ने (सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने) हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ (अत लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु) गत चुनावमा म आफ्नो क्षेत्रमा सिमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरुको साथमा पुग्नेछु।’


उहाँले चुनावमा अनुहार बदलेर बढीभन्दा बढी युवालाई अवसर दिनुपर्नेमा जोड दिनुभयो। ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ।’  

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्