सिलबन्दी गरेर आउन थाले कास्कीका जनप्रतिनिधिको सम्पत्ति विवरण
पाेखरा | साउन २९, २०७९

आर्थिक वर्ष २०७८/०७९ सकिएलगत्तै कास्कीका ५ स्थानीय तहका जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुुझाउन थालेका छन् ।
आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुुपर्ने प्रावधान अनुुरुप नै पालिका प्रमुुख÷उपप्रमुुख लगायत सार्वजनिक पद धारण गर्नेहरुले सम्पत्ति विवरण प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउन थालेका हुुन् ।
कास्कीका अधिकांश जनप्रनिधिहरुले (सिलबन्दी) गोप्यरुपमा प्रमुख प्रशासकीय अधिकृतहरुलाई सम्पत्ति विवरण बुुझाए । तर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निर्वाचित भएको २ महिना भित्र सम्पत्ति विवरण बुुझाउने प्रतिबद्धता अनुुसार उनले सम्पत्ति विवरण जनता माझ छर्लङ्ग पारिसकेका छन् ।
पोखराका मेयर आचार्यले सम्पत्ति विवरण सार्वजनिक गर्दा उनलाई चिनेका नजिकका व्यापारी व्यवसायीलाई कसैलाई आश्चर्य लागेन तर उनलाई नजिकबाट चिन्न नसकेकाहरु भने आश्चर्यमा परेका थिए । कास्कीका ५ स्थानीय तहमध्ये पहिलो नम्बरमा खुुल्लारुपमा सम्पत्ति विवरण पेश गर्ने मेयर धनराज हुुन तर अन्य ४ पालिकाका प्रमुुख/उपप्रमुुखहरुले भने सम्पत्ति शिलबन्दी गरेर विवरण बुुझाए । कास्कीको माछापुुच्छे« गाउँपालिकाका सबै जनप्रतिनिधिहरुको सम्पत्ति विवरण आफु समक्ष आइसकेको प्रमुुख प्रशासकीय अधिकृत विष्णुुप्रसाद पोखरेलले बताए । ‘४७ जनाको नै विवरण आएको छ निर्धारित समय भन्दा अगाडी नै मुुख्यमन्त्री कार्यालय पठाउँछौँ ।’ उनले भने ।
यसैगरि मादी गाउँपालिकाका प्रमुुख देवीजंग गुुरुङले आइतबारसम्म सम्पत्ति विवरण बुुझाउने बताए । उनले भने, “पालिकाको काममा व्यस्त थिए आइतबारसम्म बुझाउने तयारी छु, समय अझै बाँकी नै छ । ” मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले विवरण संकलन भइरहेको र आर्थिक वर्ष सकिएको ६० दिन भित्र बुझाउनुपर्ने भएकाले ताकेता नगरेको जानकारी दिए । ‘कास्कीको रुपा गाउँपालिकामा प्रमुुख/ उपप्रमुुखको सम्पत्ति विवरण आइसकेको छ, प्रमुुख प्रशासकिय अधिकृतले भने, ‘अध्यक्ष/ उपाध्यक्षको आइसकेको छ गाउँसभाका जनप्रनिधिहरुको सम्पत्ति विवरण आए चाँडै नै मुुख्यमन्त्री कार्यालयमा पठाउँछौँ ।’ रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सुनगाभा न्यूजसँग भने ‘हामीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न कुनै आपत्ति होइन, मुुख्यमन्त्री कार्यालय विवरण पुगेपछि हामीलाई पत्र प्राप्त हुुन्छ त्यसपछि गाउँपालिकाको वेबसाइटमा राख्छौँ ।’
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यह...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीन वटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा बिहीबार बसेको ५३औँ सचिवालय बैठकले विधान...
पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...