सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडाैं | मंसिर ७, २०८२
तस्बिर फाइल
काठमाडौं: बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु। दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु। तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु। तीन हजार १०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पोखरा: जापानको नायोरो नगरका उपप्रमुख सहितको प्रतिनिधिमण्डललाई शुक्रबार पोखरा पोखरा बृद्धाश्रममा स्वागत गरिएको छ । नायोरो नगरका उपप्रमुख मासामिचि हाशिमोतो, नायोरोका समाजकल्याण शाखा प्र...
कास्की: पृथ्वीराजमार्ग शनिबारदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक स...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको आवश्यकताअनुसार व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औ...

