नेपाल आइसीसी टी-२० विश्वकप छनोट च्याम्पियन
काठमाडाैं | असोज ३१, २०८२
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।
ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४ रनले हराउँदै उपाधि जितेको हो । सुपर सिक्सको दुई खेल अगावै विश्वकपमा स्थान बनाएको नेपाल समूह चरणदेखि अपराजित रहँदै उपाधि चुम्न सफल भयो ।
तेस्रो पटक टी–२० विश्वकपमा पुगेको नेपालले छनोट खेलको ट्रफी पहिलो पटक जितेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।
सुपर सिक्सको शीर्षस्थानमा रहेको नेपाले १० अङ्क बनायो । दोस्रो स्थानमा रहेको ओमानले आठ तथा तेस्रो स्थानको संयुक्त अरव इमिरेट्स ९युएई० ले ६ अङ्क जोड्यो । शीर्ष तीनमा रहेका नेपाल, ओमान र युएईले विश्वकपको यात्रा तय गरेका छन् ।
यस्तै सुपर सिक्समा चार अङ्क बनाएको कतार चौथो, दुई अङ्क बनाएको जापान पाँचौँ र अङ्कबिहीन सामोआ अन्तिममा रह्यो । छनोट खेलमा कूल नौ टोलीले भाग लिएका थिए ।
जितका लागि दुई सय १२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८७ रनमा समेटियो ।
सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाउनुभयो । वेन्जामिन माइलाटाले ११ रन जोड्डा अन्य ब्याट्सम्यानले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका ललित राजवंशीले तीन विकेट लिनुभयो । यस्तै करण केसी, सन्दीप लामिछाने र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकटको क्षतिमा दुई सय ११ रन बनाएको थियो ।
नेपालका लागि ओपनर आशिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६९ रन बनाउनुभएका आशिफले ४१ बलमा सात चौका र चार छक्का हान्नुभयो ।
यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाउनुभयो । लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१, कुशल भुर्तेलले १७ र आरिफ शेहले नौ रन बनाउनुभयो ।
बलिङमा सामोआका सौमानी ताई, डारियस भिसर, नोह मेड र डेनियस वर्गले एक एक विकेट लिनुभयो । यसअघि शुक्रबार नै भएको खेलमा ओमानले जापानलाई नौ विकेटले हराएको थियो ।
जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको जापानले १८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...
पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ । वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...
पोखरा । गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

