पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

पाेखरा | असोज ३०, २०८२

पोखरामा गण्डकी प्रदेशकै पहिलो केज फाइट हुँदै

पोखरा:  पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । 


सोही आयोजकले अब भने मुवाथाई सँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ ।

 
तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ । पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने विश्वास लिइएको छ । 


प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार एमएमए फाइटमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराउने तयारी भएको हो । ‘फाइट नाइट आफैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’ उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ । हामीले विदेशमा केज फाइट भएको टिभि वा अहिले सोसल मिडियामा हेरिरहेका छौं तर, अब त्यो पोखरामै हेर्न पाइने छ ।’ 


आगामी पुषको दोस्रो साता लेकसाइडमा हुने प्रतियोगितामा अहिले सम्म विभिन्न राष्ट्रका फाइटरले सहभागिता जनाइ सकेका छन् । नेपालसहित हालसम्म स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका राष्ट्रको सहभागिता रहेको छ । 


विश्वभर व्यावसायिक मार्शल आट्र्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्शल आट्र्स) यसपटक पोखरामै प्रत्यक्ष हेर्न पाउने क्षेत्रले बताए । प्रतियोगितामा प्रवेश निशुल्क गरिएको उनले जानकारी दिए । 

काठमाडौं:   नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पुगेको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल लगातार दोस्रो पटक टी(२० विश्वकपको टिकट का...

थप पढ्नुहोस्

पोखरा:  होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन...

थप पढ्नुहोस्

पोखरा:  कास्की जिल्ला प्रशासन कार्यालयले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्बन्धित स्थानीय तहको स्वीकृति लिन सम्बद्ध सबैमा आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प...

थप पढ्नुहोस्