जिप्रका कास्कीलाई लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघको कम्प्युटर र प्रिन्टर सहयोग
पाेखरा | भदौ ३१, २०८२
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु लामा, सल्लाहकार जयकुमार परियार, दोहोरी व्यवसायी ठागु गुरुङ, भोज गुरुङ र निस्चल गुरुङले सँयुक्त रुपमा ३ थान कम्प्युटर र २ थान प्रिन्टर सहयोग हस्तान्तरण गरेको हो ।
सँघका अध्यक्ष जीवन गुरुङले आन्दोलनकारीले जिप्रका कास्कीमासमेत तोडफोड तथा आगजनी गरी नागरिकको हितविपरित कार्य गरेको भन्दै दुख व्यक्त गरे ।
नागरिकको शान्ति सुरक्षासँग जोडिएको कार्यालयमा आक्रमण गरिनु दुखद रहेकाे बताउँदै तत्काल कम्प्युटर तथा प्रिन्टर अभाव देखिएकाले सहयोग गरेको बताए ।
‘प्रहरी कार्यालय भनेको जनताको सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यालय हो । यति कुरा पनि हेक्का नराखिकन ध्वस्त पार्नु भनेको निकै दुखद कुरा हो, उनले भने, ‘सबै ध्वस्त भएको खबरपछि हाम्रो संस्थाले तत्काल आवश्यक महसुस गरी कम्प्युटर र प्रिन्टर सहयोग गरेका हौं । यसले केही हदसम्म मलम लगाउने विश्वास लिएका छौं ।’
उनले आगामी दिनमासमेत कास्की प्रहरीसँग समन्व्य गर्दै समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
सरकारविरुद्ध गत २३ र २४ गते जेनजीको नाममा सडकमा उत्रेको आन्दोलनकारीकाे समूहले जिल्ला प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी गरेको थियो ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

