सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडाैं | भदौ ३१, २०८२

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं:  मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।


नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अनुसार मङ्गलबार सुन प्रतितोला १ हजार ९ यस रुपैयाँले बढेसँगै नयाँ  रेकर्ड बनाएको हो ।


सोमबार प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।


सोमबार प्रतितोला २ हजार ५७५ रुपैयाँले कायम भएको चाँदीको मूल्य मङ्गलबार २ हजार ५९५ रुपैयाँ कायम भएको छ ।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्