‘सङ्घीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ ’

मोरङ | साउन २५, २०७९

‘सङ्घीयताको अनुभूति हुने गरी काम गर्नुपर्छ ’

 

मोरङ:  जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्लासभा आजदेखि यहाँ सुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्बजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नुभयो ।
    

प्रमुख राईले सभाको शुभारम्भ गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीले सङ्घीयताको अनुभूति हुने गरी जनताको काम गर्नुपर्नेमा जोड दिनुभयो । समन्वय समितिका उपप्रमुख झा, पूर्व उपप्रमुख प्रकाशकुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य बबिताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले जिससको अधिकार सुनश्चित् भएमा काम गर्न सहज हुने धारणा राख्नु भयो ।

    

सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ । 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्