एमएमए फाइटर रविन्द्रलाई प्रोत्साहन स्वरुप पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
काठमाडाैं | साउन २८, २०८२
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जानकारी दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई १’
एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा गत शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट ९एमएफएन० मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए । यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो । यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

