साउनको अन्तिम सोमबार: देशभरका शिवालयहरुमा भक्तजनको भीड
काठमाडाैं | साउन २६, २०८२
तस्बिर फाइल
काठमाडौं: साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ ।
साउन महिनालाई शिवको विषेश महिना मानिन्छ । साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन । साउन महिनाको सोमवार शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

