ट्रान्सफर्मर चोरी घटनामा १२ जना पक्राउ, ठूलो परिमाणमा तामाको तार बरामद

विराटनगर | साउन २१, २०८२

ट्रान्सफर्मर चोरी घटनामा १२ जना पक्राउ, ठूलो परिमाणमा तामाको तार बरामद

विराटनगर:   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार ट्रान्सफर्मर चोरी घटनामा संलग्न ७ जना र उक्त सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।


पक्राउ परेकामध्ये मोरङ ग्रामथान, बेलबारी र सुनसरी दुहबीका स्थानीय युवाहरू रहेको प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ईश्वर कार्कीले जानकारी दिए । यस्तै, चोरीका सामान खरिद गर्नेमा विराटनगर, दुहबी र इटहरीका व्यापारी छन् ।


झापा, सुनसरी र मोरङका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको जानकारी पाएपछि प्रदेश प्रहरीले निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो ।


प्रहरीले अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेज, शङ्कास्पद स्थानमा खानतलासी, र तामा फ्याक्ट्री तथा भाँडा पसलमा निगरानी गर्दै आएको थियो ।


प्रहरीले पक्राउ परेकाहरूले सुनसरीबाट १२ थान, मोरङबाट ८ थान र झापाबाट २ थान गरी २२ वटा ट्रान्सफर्मर चोरी गरेको जनाएको छ ।


यस्तै, ट्रान्सफर्मरमा प्रयोग हुने ३ सय ७० किलोग्राम तामाको तार, चोरीमा प्रयोग भएका औजार, मोटरसाइकल ५ थान, पिकअप गाडी १ थान र मोबाइल १२ थानसमेत बरामद गरिएको छ ।


यस्तै, चोरीमा संलग्न व्यक्‍तिहरूबाट विभिन्न साइजका डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङ्ली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, ब्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनीहरूले प्रयोग गरेका को १ च ७७२९ नम्बरको पिकअप गाडी १ थान, विभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोबाइल समेत बरामद गरेको थियो ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्