पटनाबाट इन्डो नेपाल मनसुन कार ¥यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पाेखरा | असार २४, २०८२

पटनाबाट इन्डो नेपाल मनसुन कार ¥यालीका साथ भारतीय पर्यटन व्यवसायी पोखरामा

पोखरा: भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् ।
    

पर्यटनको बेसिजनका रुपमा रहेको यस समयमा भएको भारतीय पर्यटन व्यवसायीको पर्यटन राजधानी पोखराको आगमनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
    

बिभिन्न ब्राण्डका १५ एस युभी सवारी साधनमार्फत ३५ जना भारतीय पर्यटक पटनाबाट बीरगंज नाकाहुँदै पोखरा आइपुगेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले बताउनुुभयो ।
    

पोखरामा आयोजित कार्यक्रमको संयोजन समेत गर्नुभएका थापाका अनुसार भारतीय पर्यटकको टोलीले पोखरा आसपासका पर्यटकीय गन्तव्य क्षेत्रको भ्रमण गरेको थियो ।
    

उक्त टोलीले बञ्जी, जीपलाइन, स्वीङ लगायतका गतिबिधिका साथै पोखरामा अफरोड कार ड्राइभ सहित ग्यारजाती, मेथलाङ, सेदी लगायतका स्थान पुग्दै त्यसको रोमाञ्चक अनुभव लिएको उहाँले जानकारी दिनुुभयो ।
    

पोखरामा आयोजित कार्यक्रमको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, बुमरेङ रेष्टुरेन्ट, प्याडल नेपाल लगायत संघसंस्थाले सहयोग गरेका थिए । 
    

पटनाबाट बीरगंज हुँदै पोखरा र यस आसपासका क्षेत्रमा गरिएको कार ¥यालीको यात्रा रोमाञ्चक भएको मगध मोटर स्पोट्स क्लब पटना बिहारका अध्यक्ष प्रनभ साहीले बताउनुभयो । पछिल्लो समयमा यस क्षेत्रको सडकको सुधार भएकोले पनि यात्रा सहज भएको उहाँको अनुभव छ । अध्यक्ष साही सहित क्लबका सचिव निलमणि कुमार, कोषाध्यक्ष एवम् कार ¥याली संयोजक सुमिता साही, उपाध्यक्ष एस के सिंह लगायत सहभागी हुनुहुन्थ्यो ।    
    

नेपालको पर्यटन प्रवद्धनमा कार ¥याली जस्ता कार्यक्रम महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुभयो । बोर्डले यहाँको पर्यटकीय आकर्षण बढाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने उहाँको भनाइ छ । 
    

भारतीय पर्यटकको कार ¥याली जस्ता गतिविधिले पोखराको पर्यटनमा विशिष्ट महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
    

पोखरा सबै मौषमका लागि भन्ने नारालाई यस्ता कार्यक्रमले थप मद्धत पु¥याउने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले बताउनुभयो । 

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्

काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगै...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय...

थप पढ्नुहोस्