पहिरोले पाइप बगायो, सदरमुकाममा खानेपानी अभाव

कालीकोट | साउन २४, २०७९

पहिरोले पाइप बगायो, सदरमुकाममा खानेपानी अभाव

 

कालीकोट:  कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सरदमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताउनुभयो । 

  

 “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झण्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ ।” उहाँले भन्नुभयो, “सरकारी कार्याल सेना तथा नेपाल प्रहरीले अहिले खानेपानी बाहिरबाट गाडीमा बोकेर ल्याउने गरेका छन् ।” सरमुकाम मान्म बजारमा टाढाबाट खानेपानीको ल्याएको सधैँ खानेपानीको अभाव तथा पाइप बिग्रिने र चुँडिने गरेको अहिले पहिरोका कारणले खानेपानीको अभाव भएको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताउनुभयो । 

  

 “पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।” उहाँले भन्नुभयो, “पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा काम गर्ने र तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउने तयारी भएको छ ।”

    

मान्म बजारमा सधैँ खानेपानीको समस्या रहेका कारणले तत्काल खानेपानी सुविधा पुर्याउनका लागि पहल थालिएको खाडाँचक्र नगरपालिका नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो । “खानेपानीका लागि तत्काल पहल थालिएको छ । एक दुई दिनमा सदरमुकाममा खानेपानीको समस्या समधान हुन्छ ।” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा खानेपानीको समस्या समधान गर्नका लागि थप खानेपानी आयोजनाको कामको थालनी हुन्छ ।”

  

 सदरमुकाम मान्म बजारमा हिउँदमा खानेपानीको मुहानमा पानीको कमी र वर्षामा पहिरो वा अन्य कारणले खानेपानीको समस्या हुने गरेको यसको सुरक्षा वा वैकल्पिक खानेपानी आयोजनाका सम्भाव्यता अध्यायन गरिने नगर प्रमुख शाहीले जानकारी दिनुभयो । 

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्