सप्तकोशीमा बेपत्ता अर्का प्रहरी जवान साउदको शव फेला
सुनसरी | जेठ २५, २०८२
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ।
उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। यसअघि पनि तालिमका क्रममा बेपत्ता भएका अर्का एक जवानको शव फेला परिसकेको सुनसरी शास्त्र प्रहरीका एसपी निर्मल थापाले जानकारी दिनुभयो ।
घटनापछि स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल तथा उद्धार टोलीले संयुक्त खोज तथा उद्धार कार्य जारी राखेका थिए।
उद्धार तालिमका क्रममा भएको यो दुःखद दुर्घटनाले सुरक्षा तालिमका जोखिम र पूर्व तयारीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
गत बिहीबार यस प्रदेशमा कार्यरत दुई जना सशस्त्र प्रहरी जवानहरू सप्तकोसी नदीको पानीमा अभ्यास गरिरहेका थिए। अभ्यास गरिरहेका थिए।
यो पनि पढ्नुहोस
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...
गोरखा: गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्...
काठमाडौं: डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरे...

