सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला
सुनसरी | जेठ २३, २०८२
सुनसरी: सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ ।
सशस्त्र प्रहरी बल (एपीएफ)का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो । सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो ।
गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर — हरदेव राजवंशी र सुरज साउद डुबेर वेपत्ता भएका थिए । दुवैजना दन्तकाली तालिम केन्द्र, बरमजिया अन्तर्गत कार्यरत थिए ।
हराइरहेका जवानहरूको खोजी र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली घटनास्थलमा खटिएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार दोस्रो वेपत्ता जवान सुरज साउदको खोजी कार्य हाल पनि जारी रहेको छ ।
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र...

