गण्डकीको अपराजित फाइनल यात्रा: डिफेण्डिङ च्याम्पियन ‘टिपटप हेल्प नेपाल’ पराजित
पाेखरा | जेठ १३, २०८२
PHOTO: YOGEN SHRESTHA
पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
डिफेण्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक ३–२ को सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२० र १५–११ ले पराजित गर्याे ।
गण्डकीको यो छैटौं खेलसँगै छैटौं जित हो । यो जीतसँगै गण्डकीले २ अंक बटुल्दै १७ अंकसहित लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
हेल्प नेपाल भने, छैटौं खेलमा ५ जित र १ हारमा १६ अंकसहित दोस्रो स्थानमा तल झरेको छ ।
पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

