हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

पाेखरा | बैशाख ४, २०८२

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान File Photo

पोखरा:  पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरेको छ ।

    
महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको  महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । 


पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उहाँले बताउनुभयो ।


गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो । 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्