५० लाखको लागतमा नदीपुरमा खुल्यो ‘कानुङ क्याफे एण्ड कफि सप’

पाेखरा | बैशाख १, २०८२

५० लाखको लागतमा नदीपुरमा खुल्यो ‘कानुङ क्याफे एण्ड कफि सप’

पोखरा महानगरपालिका–३ नदीपुर (पद्म नर्सिङ होमको अगाडि) मा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफि सप’ सञ्चालनमा आएको छ । 

 

पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नविन आले मगरले नव वर्ष २०८२ को अवसर पारेर आज (सोमबार) देखि क्याफे सञ्चालनमा ल्याएका हुन् । 

 

उक्त क्याफेको उद्घाटन माता तुलसीदेवी आले र पिता लालबहादुर आले मगरले संयुक्त रुपमा गरे । 

 

 

क्याफेमा नयाँवर्ष तथा उद्घाटन अफर अन्तरर्गत आगामी १५ गतेसम्म कफि तथा हरेक परिकारमा १० प्रतिशत छुट प्रदान गरिने सञ्चालक आले मगरले बताए ।

 

‘कफि पारखीहरुका लागि मात्रै नभएर प्रचलित खाजाका परिकारहरु हाम्रो क्याफेमा उपलब्ध हुनेछन्, उनले भने, ‘नयाँवर्षदेखि २ हप्ताका लागि कफि तथा हरेर परिकारमा १० प्रतिशत छुट दिँदैंछौ ।’

 

स्वदेशमै स्वरोजगारको सिर्जना गर्न र पारिवारिकमैत्री सेवा दिने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको बताउदै हाल ७ जना कर्मचारी कार्यरत रहेको उनले बताए । 

 

‘अहिले युवाहरु देश छाडेर विदेश पलायन हुने अवस्था छ । तर मैले यही केही गर्नुपर्छ भनेर क्याफे सञ्चालनमा ल्याएको हुँ, उनले भने, ‘कानुङ क्याफे नाफामुखी मात्र नभएर सेवामुखी क्याफे बनाउने प्रयत्न गरेको छु ।’

 

उनले मगर जातिको भाषा तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित मगर भाषामा क्याफेको नामाकरण गरिएको  बताए ।

 

‘मै सामाजिक क्षेत्रमा क्रियाशिल भएको हिसाबले पनि आफ्नो भाषाको संरक्षण गर्ने हेतुले क्याफेको नाम पनि ‘कानुङ क्याफे’ राखिएको हो, सञ्चालक आलेमगरले भने, ‘यसले मगर समुदायलाई मात्रै होइन अन्य समुदायलाई पनि अपनत्व गराउँछ भन्ने विश्वास छ ।’

 

मगर भाषामा ‘कानुङ’  भन्नाले नेपालीमा ‘हाम्रो’ भन्ने अर्थ लाग्छ ।

 

राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमासमेत क्रियाशिल आलेमगर विभिन्न संघ संस्थामा आबद्ध छन् ।


 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्