बागलुङको भुस्कातमा ८० वर्षीय वृद्धद्वारा आत्मदाह

पाेखरा | बैशाख १, २०८२

बागलुङको भुस्कातमा ८० वर्षीय वृद्धद्वारा आत्मदाह

पोखराः  बागलुङको ताराखोला गाउँपालिकामा आत्मदाहको प्रयास गरेका ८० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका–१ भुस्कातका ८० वर्षीय हस्तबहादुर गुरुङ रहेका छन् । 


उनले आइतबार साँझ आफ्नै शरिरमा पेट्राल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । 


आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका गुरुङको उपचारको क्रममा बागलुङको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 


‘आइतबार साँझ ५ बजे गुरुङले घर नजिकै रहेको चौरमा गएर आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लागेको अवस्थामा श्रीमती र छोराले देखेपछि आगो नियन्त्रणमा लिन प्रयास गरेका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यसपछि कम्मरभन्दा माथिको भाग जलेपछि उपचारका लागि धौलागिरी अस्पताल ल्याएका थिए । त्यसछि राती करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।’


डिएसपी यादवका अनुसार गुरुङको शवलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ । गुरुङले आत्मदाह गर्नुको कारण नखुलेकाले अनुसन्धान जारी रहेको बागलुङ प्रहरीले जनाएको छ । 
 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्