केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिता चैत २३ देखि
पाेखरा | चैत १६, २०८१
पोखरा: पोखरामा यही चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीलेले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबार जानकारी दिएको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले पोखरा रंगशाला क्रिकेट मैदानमा यहि चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेने बताए ।
उनले पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरे ।
लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

