स्थानीय उत्पादनलाई विश्व बजारमा पु¥याउने लक्ष्यसहित ‘सृजना संसार कोसेली घर’ संचालनमा
पाेखरा | चैत १६, २०८१

पोखरा: नेपाली परम्परागत अर्गानिक खाद्य सामग्रीको प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई व्यावसायिकरण गर्ने उद्देश्यका साथ ‘सृजना संसार कोसेली घर’ संचालनमा आएको छ ।
पोखराको महेन्द्रपुलमा रहेको उक्त कोसेली घरको पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शुभारम्भ गरे ।
उनले नेपालमा जैविक तथा परम्परागत उत्पादनको सम्भावनामा जोड दिदै यस्ता उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पु¥याउन सके कृषक, साना उद्यमी, तथा व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउन सकिने बताए ।
उनले भने “स्थानीय उत्पादनको प्रवद्र्धनले आयात प्रतिस्थापन गर्न सहयोग गर्छ र नेपाललाई आत्मनिर्भरतातर्फ अघि बढाउँछ, यस्तो प्रयासलाई सबै पक्षले सहयोग गर्नु आवश्यक छ ।”उनले नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने आवश्यकतामा जोड दिँदै गुणस्तर, प्याकेजिङ, र प्रवद्र्धनमा ध्यान दिनुपर्ने सुझाव दिए ।
पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष उत्तममान बुद्धाचार्यले स्थानीय अर्गानीक उत्पादनको प्रवद्र्धन र नेपाली मौलिक खाद्य सामग्रीको बजारीकरणले अर्थतन्त्रमा सघाउ पुर्याउने धारणा राखे ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ जे नेपालका गभर्नर मिलन थापाले जैविक तथा परम्परागत खाद्य वस्तुहरू गुणस्तरीय मात्र नभई सांस्कृतिक रूपमा पनि महत्वपूर्ण रहेको बताउँदै यस्ता कोसेली घरहरूले महिलालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउन मद्दत पुग्ने धारणा राखिन । उनले स्थानीय उत्पादनलाई व्यवसायिक विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याइन् ।
सृजना संसार कोसेली घरका अध्यक्ष सवि शेरचनले नेपाली मौलिक उत्पादनलाई प्रवद्र्धन गर्दै स्थानीय उत्पादनलाई विश्व बजारसम्म पु¥याउने लक्ष्य लिएर कोशेली घरको शुरुआत गरेको बताइन ।
उनले भनिन्“हामीले व्यावसायिक दायरालाई विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई पहिचान दिलाउने कोसिसमा छौ , यस अभियानमा सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छौ । ”
उनका अनुसार कोसेली घरले मुस्ताङ, म्याग्दी, जुम्ला, पाल्पा, बुटवल लगायतका क्षेत्रबाट उत्पादित जैविक तथा परम्परागत खाद्य सामग्री उपभोक्तासामु पु¥याउने लक्ष्य राखेको छ ।
करिब सय बढी विक्रिमा राखिएका उत्पादनमा मुस्ताङको सिमीको दाल, सिस्नुको धुलो, जौको सातु, जिम्बु, फापरको पिठो, ओखर, सिलाम, गुन्द्रुक, सुकुटी, विभिन्न परिकारका अचार, भुटेका बदाम, झिलिङ्गा, चिउरा आदि छन् । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि २१ शेयर सदस्यहरू मिलेर २१ लाख रूपैयाँको प्रारम्भिक लगानीबाट यो व्यवसाय सुरू गरिएको शेरचनको भनाइ छ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष महेश श्रेष्ठले खाद्य सुरक्षा तथा गुणस्तरलाई प्राथमिकता दिँदै नेपाली उत्पादनलाई स्थानिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य राखिएको बताए ।
संस्थाका सहसचिव पदमलाल तिमिल्सिनाले संचालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार तथा शेयर सदस्य विना गुरुङले धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रममा उपस्थित सहभागिहरुले यस किसिमको पहलले स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका थिए ।
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपच...
पोखरा: ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । ...
काठमाडौं: सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो । &nb...