पत्रकार जलाइएको घटनाविरुद्ध कास्कीमा विराेध

पाेखरा | चैत १६, २०८१

पत्रकार जलाइएको घटनाविरुद्ध कास्कीमा विराेध

पोखरा । काठमाडौँमा पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी पत्रकारको मृत्यु भएको र विभिन्न सञ्चारगृहमा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा गरेको छ।

 

नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा पोखराको शहिद चोकमा उक्त कार्यक्रम गरेको हो ।

 

यसैबीच​ देशभरका पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।

 

 

 

शुक्रबार प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।

 

पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्