बागलुङका पत्रकारको दुर्घटना बीमा
बाग्लुङ | चैत ११, २०८१
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङले आफ्ना सदस्यसहित जिल्लाभर क्रियाशील पत्रकार÷सञ्चारकर्मीको दुर्घटना बीमा गरेको छ ।
महासङ्घले बागलुङ नगरपालिका, २ नं. वडा कार्यालय र नेको बीमा कम्पनीसँगको सहकार्यमा पत्रकारको दुर्घटना बीमा गराएको हो । प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको दुर्घटना बीमा बापत उपचार खर्च पाउने गरी बीमा गराइएको महासङ्घ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो ।
कार्यस्थलमा खटिने पत्रकाररसञ्चारकर्मी र सञ्चारमाध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको उहाँले बताउनुभयो ।
बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले कार्यस्थलमा खटिने पत्रकारको सम्भावित जोखिमलाई दृष्टिगत गरी वडा कार्यालयले बीमा कार्यक्रममा सहयोग गरेको बताउनुभयो । उहाँले आगामी वर्षहरूमा पनि पत्रकारहरूको दुर्घटना बीमाका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“रातदिन नभनी फिल्डमा खटिएका पत्रकारहरुको जोखिम कम गर्ने र केही भएमा तत्काल उपचार गराउन सकिने गरी बीमा गरिएको हो”, वडाध्यक्ष बोसेलले भन्नुभयो, “यसबाट अन्यत्रका जनप्रतिनिधि, स्थानीय सरकारसमेतले आम नागरिक र पेशागत क्षेत्रका व्यक्तिको स्वास्थ्य र सुरक्षामा ध्यान दिन सन्देश जानेछ”, उहाँले भन्नुभयो ।
पहिलो चरणमा दुई वर्षका लागि उक्त बीमा गरिएको हो । आइतबार महासङ्घ अध्यक्ष थापा, वडाध्यक्ष, बोसेल र नेको बीमा कम्पनीका शाखा प्रबन्धक अन्जिला श्रेष्ठले पत्रकारलाई बीमा ‘पोलिसी’ हस्तान्तरण गरेर बीमा कार्यक्रमको थालनी गरिएको थियो ।
श्रेष्ठले पत्रकारको बीमाले आम नागरिकलाई पनि सचेत बनाउने बताउनुभयो । गत मङ्सिर २८ गतेको अधिवेशनबाट निर्वाचित महासङ्घ कार्यसमितिको बैठकले पत्रकारको दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो ।
महासङ्घका सचिव नारायण रिजालले पत्रकारहरूको पारिवारिक स्वास्थ्य बीमाका लागि पनि पहल भइरहेको बताउनुभयो । “पत्रकारहरूको पेशागत हकहित र व्यावसायिक सुरक्षामा महासङ्घ प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “विषयगत तालिमलगायत पत्रकारको दक्षता अभिवृद्धिका कार्यक्रममा हामी केन्द्रित छौँ ।”
काठमाडौं: डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरे...
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

