स्ववियु निर्वाचन: पिएन क्याम्पसका स्ववियु अध्यक्ष उम्मेदवार सुशील न्यौपानेलाई दश प्रश्न ?
काठमाडाैं | चैत ९, २०८१

पोखराः त्रिभुवन विश्वविद्यालयले चैत ५ गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मिति तय ग¥यो । तर अधिकांश क्याम्पसमा तोकिएको मितिको निर्वाचन हुन सकेन जसमा देशकै धेरै विद्यार्थीहरुले अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पसमा पनि निर्वाचन हुन सकेन । निर्वाचन समितिको त्रुटिको कारण चैत ५ गते मतदान गर्ने समयमा स्थगित भएको स्ववियु निर्वाचन चैत ६गतेका लागि मिति तोकियो तर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी पछि सवपक्षीय बैठकले चैत १० गतेका लागि निर्वाचनको मिति सार्वजनिक ग¥यो ।
२०६५ सालपछि पिएन क्याम्पसमा निर्वाचन हुन सकेको छैन । यहि परिपेक्ष र क्याम्पस हुन गहिरहेको स्ववियु निर्वाचनमा सुशिल न्यौपानेको नेतृत्वमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचनमा होमिएको छ । स्ववियु निर्वाचनमा नेविसंघबाट अध्यक्ष पदको उम्मेदवार सुशील न्यौपाने , सचिव पदका उम्मेदवार विवेक भट्टराई र कोषाध्यक्ष पदका उम्मेदवार अमिशा यादवलाई दश प्रश्न ?
१–तपाईंका अनुसार, एक लोकतान्त्रिक उम्मेदवारको वास्तविक चरित्र के हुनुपर्छ, र यसको समाजमा सकारात्मक प्रभाव कस्तो पार्न सक्छ ? पृथ्वीनारायण क्याम्पसमा चैत्र ५ गते तोकिएको स्ववियु निर्वाचन हुन सकेन यसलाई कसरी हेर्नुभएको छ ?
सर्वप्रथम एउटा लोकतान्त्रिक उम्मेदवारको व्यवहारिक चरित्र ओठे चरित्र होइन, व्यवहारिक चरित्र भनेको निर्वाचनको मत परिणामलाई नतिजालाई स्विकार्नु हो। यसमा म, मैले प्रतिनिधित्व गरेको संगठनको संस्कारले पनि मेरो नैतिकताले पनि प्रतिबद्ध छु । जसले समाजमा आउने पुस्तामा लोकतन्त्रको मूल्य (भ्यालु) पुनर्ताजगी र व्यवहारिक बन्दछ । क्याम्पस निर्वाचन समितिको प्राविधिक त्रुटिको कारण चैत्र ५ गते निर्वाचन सम्पन्न हुन सकेन। यो एतिहासिक निर्वाचनको गरिमा र महत्वलाई त्यही ढङ्गले संवेदनशीलता बोध गरेर अगाडि बढ्नुपर्ने थियो। निर्वाचन आयोग त्यसमा चुक्यो। तर सुखद पक्ष पर्सि चैत्र १० गते (आइतबार) स्ववियु निर्वाचन मिति तय भएको छ । यसमा सबैको अपनत्व हुने गरेर सम्पन्न गर्न दायित्व अझ वढी विद्यार्थी संगठन एवंम उम्मेदावर नै छ ।
२- १६ वर्षपछि स्ववियुको निर्वाचन हुदै गर्दा तपाईंलाई कस्तो जिम्मेवारीको भावना छ र यस अवसरमा विद्यार्थी आन्दोलनलाई पुनस्र्थापित गर्नका लागि तपाईंले कस्ता ठोस कदमहरू चाल्नुहुन्छ ?
म जिम्मेवार संगठन नेविसंघको एउटा उम्मेदवारको नाताले भन्नै पर्दछ । १६ वर्ष पछि , यो स्ववियुको उत्सव हुदैछ । मैले मेरो प्रतिष्पर्धी एकआपसमा देखिरहेको छैन, यो समग्र विद्यार्थी आन्दोलनलाई नै पुनस्र्थापित गर्न हाम्रो पुस्ताको राजनीतिलाई नविनता प्रदान गर्न र स्ववियु सम्पन्न गराउने दायित्व आफैले पनि ठानेको छु । तसर्थ भव्य , अधिकतम विद्यार्थीलाई समावेश गराएर निर्वाचन सम्पन्न गर्न ध्यय छ । संयुक्त विद्यार्थी आन्दोलनले राष्ट्रिय राजनीतिको परिवर्तनमा ठूलो आकार र परिवर्तन दिलायो । अब यसैलाई सोचाइलाई अझै समन्वयात्मक र वस्तु परक बनाउदै यो एकता क्याम्पसको आन्तरिक सुदृढीकरण सम्म जोड्नु छ ।
३- दलिय विद्यार्थी राजनीतिले क्याम्पसमा समस्या उत्पन्न गरेको भनि उम्मेदवार कै प्रश्न छ, यस सन्दर्भमा तपाईंलाई के लाग्दछ ? फरक संगठनका फरक मतहरूको बीचमा कसरी सहमति र एकता स्थापित गर्न सकिन्छ ?
केही साथिहरुको अस्पष्ट वा बुझाइमा फरक परेकोले हुनसक्छ कस्तो भाष्य निर्माण गरिदैछ भने । दलिय विधार्थी राजनीतिले क्याम्पस विगा¥यो, तर वास्तविकता हो चाहिँ के भने फरक संगठनका फरक भिन्न मत हुन्छन् त्यसलाई निर्णय प्रक्रियामा एक बनाउने चुनौती रहन्छ अझ व्यक्ती पिच्छे छिरलिदा त्यसको संवेदनशीलता टाढा जान्छ । तर संगठन वा समुहले निश्चित विद्यार्थीको प्रतिनिधित्व भएको हुदा निर्णय प्रक्रियामा सहजता ल्याउँदछ । अझ स्ववियुमा त झ्न बहुमतको निर्णय र समानुपातिक प्रत्येक उम्मेदवार संगठनको गक्ष अनुसारको मतको प्रतिनिधित्व गर्दछ्न। जसले आम विद्यार्थीको मुद्दा स्थापित र सम्बोधन गर्न सहज हुने नै भै हाल्यो, अझ महत्वपूर्ण दोस्रो कुरा के छ भने क्याम्पस व्यवस्थापन समितिको पदेन सदस्य स्ववियु सभापति हुन्छ । त्यस्को मिटिङ ६/६ महिना मा हुन्छ । जसले विधानत मुद्दालाई यथोचित सम्बोधन गर्न आधार तय गर्दछ ।
४- तपाई अध्यक्ष बनेपछि पहिलो संवेदनशील र महत्त्वपूर्ण कदम केमा केन्द्रीत गर्नुहुन्छ ?
मेरो राजनीतिको ध्यय क्याम्पसलाई सुनको बुट्टा भर्न , प्रशासनलाई फुल माला लगाउमे केही छैन म के मा स्पष्ट छु भने बिहान ६ बजे पढ्ने उदेश्य क्याम्पस गेट छिरेको बिद्यार्थी पुर्ण रुपमा पठनपाठन हुने व्यवस्था सहितको कार्यतालिका लागू र नियमन गराउने हुन्छ। यस अलवा नेविसंघको स्पार्क (SPARk) अभियान लिएर चुनावी अभियानमा छ। जस्को अर्थ S -Smart Educatjon (स्मार्ट शिक्षा), P -Progressive Technology (आधुनिक प्रविधि), A - Aspiring Entrepreneurship (आत्मनिर्भर उद्यमशीलता), R - Rights & Representation (अधिकार र प्रतिनिधित्व), K - Climate Justice (जलबायु न्याय)
FSU PNC : The Green Wave' हो। यसमा आफ्नो योजनाहरु लयबद्द गरि चुनावी अभियानमा छौं। https://rb.gy/lomkwc
५- पृथ्वीनारायण क्याम्पसको इतिहासलाई शिक्षा मात्र होइन, समाजको चेतना र जागरणसँग जोडिएको छ भनिन्छ— आजको परिप्रेक्ष्यमा तपाईंले यो विरासतलाई कसरी कायम राख्न र अझ सशक्त बनाउन सक्नुहुन्छ ?
पृथ्वीनारायण क्याम्पस भनेको शिक्षा संग मात्र होइन यसको बृहत् समाज संग चेतना र जागरण सम्म जोडिएको इतिहास छ । तसर्थ पनि हाम्रो शिक्षा गुणस्तर युक्त, जीवन उपयोगी र समाजमा काम लाग्ने समाजमौ बाँच्न सक्ने जनशक्तिको लागि समाजमा नाम, बजारमा काम र खल्तिमा दाम हुने बनाउन विभिन्न रणनीति एवंम योजना बनाउन नेविसंघ प्रतिबद्धता छ ।
६- अल्पमत वा फरक मत राख्ने विद्यार्थीहरूको आवाजलाई सुरक्षित राख्न र तिनलाई पनि क्याम्पसको विकास प्रक्रियामा सहभागी गराउन तपाईं कस्तो नेतृत्व शैली अपनाउनुहुन्छ ?
एक्दम महत्त्वपूर्ण र गहन प्रश्न? मेरो बिचारमा, लोकतन्त्रको सबै भन्दा सटिक परिचय "majority rules with address the minority voice" हो। यो Theme लाई जोगाउदै फरक मत वा अल्पमतको आवाज, अशक्त, असक्ष ( असक्षम त नभनै कोइ पनि मानिस असक्षम हुदैन सबै परिस्थितिको कारण हो। अपांग उनिहरुको लागि वातावरण मैत्री बनाउन मेरो ध्येय छ। प्रविधी र नवप्रवर्धनलाई मध्यनजर, गर्दै क्याम्पस डिजिटल फर्ममा लैजान अवस्यक research सहित तत्काल सम्भावित कार्य अगाडि बढाईहाल्ने छु। जस्ले bachelor पढ्न आउने यो जमनाको बिद्यार्थीको भर्ना form भर्दिएर बिद्यार्थी राजनीति गर्न बाटो बन्द गर्न। बरु आवस्यक helpdesk campus बाटै digital बढापत्र वा ai guideline राख्ने छ ।
७- क्याम्पसको विविधता र नव आगन्तुक विद्यार्थी कसरी हेर्नुभएको छ ?
म धरातलमा उभ्भिदै गरेको धुलोले माटोले के सिकायो भने, आजको नेतृत्वले गर्न राजनीति भोलिको पुस्ताको भविष्य सुनिश्चितसँग जोडिएको छ । दिगो पर्यावरण , हरित पर्यावरणलाई ध्यानमा राखी एक विद्यार्थी एक रुख अभियान सञ्चालन गर्न छ । हरेक भुगोलबाट पढ्न आउने विधार्थीको विविधतालाई, एकतामा एकसुत्र गर्न कला र संस्कृतिलाई सृजनासँग जोड्ने सिर्जनात्मक creativity भन्ने कस्तो चिज हो भने हरेक चिजको प्रतिस्थापन हुन्छ सृजनाको हुदैन जुन lady gargaले नि बताएको छन् । यसलाई संस्कृति र कलाको Hub को रुपमा बिकास पहिचान बढाउने दिलाउने। यसको महत्वलाई बुझ्दै विश्वविद्यालय अवधारणामा अगाडि बढाउने छौं ।
८-पृथ्वीनारायण क्याम्पसलाई आत्मनिर्भर र आधुनिक शिक्षालयमा रूपान्तरण गर्न तपाईको योजना के छ्न रु कस्तो कदम चाल्नुहुन्छ ?
क्याम्पस भित्रको स्रोत साधनलाई समुचित प्रयोग र उपयोग संगै रोजगार उध्यमको विकल्पहरु खोज्दै आर्थिक स्रोतहरु जुटाउने । हामिले operating, cost बढी छ, Fee बढाउनु पर्दछ भनिन्छ तर क्याम्पसले लगानी गरेर बनाएको सटरहरुबाट पुर्ण र पार्दशी भाडा उठाउने, उत्पादित काठ घाँस काटेको आम्दानी अभिलेख गर्न cashcrop को लागि कृषि कम्पनी वा क्याम्पसहरु संग समन्वय गरि ती स्म्भावनाहरु हेर्न। छात्र, छात्रा hostel स्तर उन्नति र गुणस्तरमा ध्यान दिदैं, क्याम्पस सप्पन्न हुँदै गर्दा आफ्नो निजि यातायात सञ्चालन गर्न। हामी काड सहुलियत भन्दा पनि यातायात नै निशुल्क हुने प्रवन्द्दको लागि प्रतिबद्ध, संघर्षरत र उदेश्यपुर्ण ढङ्गले महत्वको साथ हेर्दछौं ।
९-तपाईंले क्याम्पसलाई शिक्षाको दृष्टिकोण बाहिर अरु अतिरिक्त गतिविधिलाई कसरी हेर्नुभएको छ ?
विद्यार्थीको गुणस्तरता उसले लिने शिक्षाले मात्र हुदैन अतिरिक्त क्रियाकलाप आवश्यक पर्दछ । तसर्थ खेलकुद मैदानको स्तरउन्नती गर्दै, वार्षिक रुपमा प्रदेश स्तरीय क्याम्पसको अन्तर क्याम्पस स्तरीय जय नेपाल tournament राख्ने छ, स्ववियु वाट health booth camp, cyber security, harishment awareness camp, legal legue (mootcourt), digital literacy, financial literacy आदि गर्न छ ।
१०-अन्त्यमा , निर्वाचन प्रती तपाईको धारणा के छ ?
विद्यार्थीहरुलाई विद्यार्थी नै भएर बाँच्न पाउने, सर्वाङ्गिण बिकासको लगि माहोल फ्यासिलेट(facilitate) गर्न र त्यसलाई जोड्ने (bridgeing) गर्न नै हो । म स्ववियुलाई विश्वसनिय, जवाफदेही र जिम्मेवार बनाउनेछु । मेरो प्रतिबद्धता सुदृढ क्याम्पस, शुद्ध राजनीति र स्वच्छ स्ववियु छ। जसले बिद्यार्थी संग प्रत्यक्ष सम्वाद र सम्पर्कमा स्ववियु रहन्छ । त्यसको लागि सम्पूर्ण पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत बिद्यार्थी साथिहरुलाई म सुशील न्यौपाने नेतृत्वको प्रत्येक्ष तर्फ क्रम संख्या ४ र समानुपातिक तर्फ क्रस संख्या ६ मा नेविसंघ प्यानललाई मतदानको लागि हार्दिक अपिल गर्दछु । यो महत्त्वपूर्ण समय र संवादको लागि तपाईं र तपाईको अनलाईनलाई हार्दिक आभार एवंम धन्यवाद व्यक्त गर्दछौं ।
गोरखा — आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रह...
पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि ...
भक्तपुर: भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्थलको पार्किङमा आइतबार बिहान मृत फेला परेका हुन्। ...