पोखरामा लागूऔषधसहित तीन जना पक्राउ
पाेखरा | चैत ८, २०८१
पोखरा: पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । लागूऔषधको कारोवार गरिरहेको अवस्थामा छोरेपाटनबाट युवतीसहित तीनजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए ।
लागूऔषध कारोवार गरिरहेको अवस्थामा म्याग्दी घर भई पोखरा ११ रानीपौवा बस्ने २६ वर्षीय एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ«े ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको प्रहरी निरीक्षक जिसीले बताए ।

प्रहरीले बरामद गरेको लागूऔषध र मोवाइल । फोटो: कास्की प्रहरी
पक्राउ परेका उनीहरुको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३सय ४० ग्राम, लागूऔषध बुप्रिनर्फिन १ सय ४४ एम्पुल, डाईजापाम १ सय ४३ एम्पुल, फेनरागन १ सय ४२ एम्पुल गरी ४ सय २९ एम्पुल लागूऔषध र ४ थान मोवाईलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

