पोखरामा पहिलोपटक ‘अटो शो’

पाेखरा | चैत ६, २०८१

पोखरामा पहिलोपटक ‘अटो शो’

पोखरा:    पोखरामा यही चैत १४ देखि १७ गतेसम्म ‘अटो शो’ आयोजना हुने भएको छ ।  अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले पहिलोपटक पोखरामा उक्त अटो प्रदर्शनी आयोजना गर्न लागेको हो । 

    
पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    
वाडाका उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीले उक्त शो आयोजनाका लागि करिब रु ६० लाख खर्च हुने बताउनुभयो । सवारीसाधनको खरिदबिक्री सँगै यस क्षेत्रमा भइरहेको प्रविधिको विकासबारे सवारीधनी, ग्राहक एवं सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उहाँको भनाइ छ । 

    
“अर्थतन्त्र शिथिल भएको अहिलेको अवस्थामा केही मात्रामा भएपनि आर्थिक गतिविधि चलायमान बनाउन यो प्रदर्शनीले मद्दत पुग्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “नाडाको अटो शो पहिलोपटक काठमाडौँ बाहिर हुन लागिरहेको छ ।” गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रदर्शनीको प्रवर्द्धकका रुपमा रहेको छ । 

    
चार दिनको सो प्रदर्शनी करिब ३५ हजार आगन्तुकले अवलोकन गर्ने अनुमान गरिएको वाडाले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्