पोखरामा दलीय गठबन्धनका मेयर प्रत्यासी धनराजले सार्वजनिक गरे चुनावी घोषणापत्र
काठमाडाैं | बैशाख १५, २०७९

पोखराः पोखरा महानगरमा पाँच दलीय गठबन्धनका संयुक्त उम्मेदवार धनराज आचार्यले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनले महानगरलाई हरेक कोणबाट अब्बल बनाउने योजना सुनाएका उम्मेदवार आचार्यले अघिल्लो सरकारले काम नगरेकै कारण गठबन्धनमार्फत चुनावी मैदानमा उत्रिएको बताए ।
पोखरा महानगरको सांगोपांगो तथ्यांक प्रस्तुत गर्दै उनले प्रत्येक नागरिकले आफ्नो सीप र दक्षताअनुरुप व्यवसायीमुखी हुन घोषणापत्रमा उल्लेखित बुँदाले सघाउ पुग्ने दाबी गरे । ‘प्रत्येक जनले सीप र ज्ञानकाआधारमा वृत्तिविकासको अवसर पाउनेछन्’ आचार्यले भने ‘घोषणापत्र केवल देखाउने कागजमात्र हैन ।’
महानगरको जनसंख्या, गरिबीको मापन, सम्भावना र अवसरको बुँदा समेट्दै गठबन्धनले लोकतन्त्र र नागरिक दुबैको बचाउ गर्ने सम्मेलनमा जानकारी दिइयो । गठबन्धनको भागबन्डामा पोखरा महानगरको मेयर नेकपा एसको भागमा परेको छ ।
त्यस्तै, उपमेयर कोपिला रानाभाटले गठबन्धन र बाध्यता र समयको माग रहेको प्रष्ट्याउँदै आफ्नो कार्यक्षेत्र र अधिकारभित्र रहेका कामलाई जिम्मेवारीपुर्वक निर्वाह गर्ने वाचा गरिन् ।
‘म पूर्णरुपमा राजनीतिमा लागेको मान्छे हुँ, मलाई परिवारको लालनपालन र कमाउनुपर्ने बाध्यता छैन’ रानाभाटले भनिन् ‘म बाट भ्रष्टाचार कदापि हुन सक्दैन ।’
महानगर अन्तरगत न्यायिक क्षेत्रमा काम गर्ने दायित्व हुने भएकाले त्यहाँ आउने मुद्दा मामिलालाई अदालतसम्म पुग्नुपर्ने अवस्था आउन नदिने उनले जनाइन् ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...