पोखरा १२ः सूर्योदयसँगै एमाले उम्मेदवार मतदाता भेटघाटमा

कास्की | बैशाख १५, २०७९

पोखरा १२ः सूर्योदयसँगै एमाले उम्मेदवार मतदाता भेटघाटमा

पोखरा: बिहीबारको बिहान, उत्तरतर्फ भर्खर हिमाल टल्कन सुरु गरेको थियो । सडकमा सवारी कम सुनिन्थे । चिया पसलहरुमा स्थानीय तह निर्वाचन बारेको गफगाफ उम्लदैँ थिए ।

 

पोखरा १२ शितलदेवीस्थित नेकपा एमालेको वडा कार्यालयको सटर उघारिइसकेको थियो । माहौल निर्वाचनको छ । एमाले कार्यकर्ताहरु सूर्य अंकित झण्डासहित तयारी गर्दै थिए ।

 

आजदेखि नेकपा एमाले वडा कमिटि पोखरा १२ ले औपचारिक रुपमा मतदातासँग भेटघाटको थालनी गरेको छ । बिहान ७ नबज्दै कार्यकर्ता तथा शुभेच्छुकहरु घरदैलो कार्यक्रमकालागि जुटिसकेका थिए । स्थानीय तह निर्वाचनका लागि देखिएको उत्सुकता उनिहरुको ‘बडी ल्याङ्ग्वेज’ले प्रष्ट्याउँथ्यो ।

 

करिब ७ः३०मा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले कार्यक्रमको औपचारिक उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष गुरुङले कार्यकर्तालाई हौसला दिँदै भने,‘हामिले जित्ने निश्चित छ । प्रक्रियाका लागी मतदानमा सहभागी त हुनै पर्यो । सबैले सूर्यमा मतदान गरी एमालेका हाम्रा उम्मेदवारलाई विजय गराउनुहोला है ।’

 

सय बढी कार्यकर्ताको उपस्थितीमा वडाका उम्मेदवारहरु घर घर पुगेर मतदातालाई भेटे । युवा उम्मेदवार देखेपछिको चमक हरेक घर पुग्दा आएको प्रतिक्रियाबाट थाहा हुन्थ्यो । मतदाताहरु भन्थे,‘पार्टी जे भएपनि यसपाली त भोट देशभक्त बाबु र नानीहरुलाई नै हो ।’ 

 

पोखरा १२ बाट नेकपा एमालेले अध्यक्षमा युवा उम्मेदवार देशभक्त केसीलाई उठाएको छ । यसअघि उनि वडा सदस्य थिए ।

 

समाजका हरेक तह तप्कासँग नजिक रहेका केसी पोखरा १२ वासीका प्रिय छन् । अध्यक्षमा केसीसँगै महिला सदस्यमा लक्ष्मी कुँवर(रिमाल), दलित महिला सदस्यमा विष्णु विश्वकर्मा, खुला सदस्यमा निर्मल बहादुर थापा र शान्ती गुरुङ उम्मेदवार छन् ।

पोखरा:   केपी ओली कप राष्ट्रिय खुल्ला टि–२०  पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पोखरा महानगर क्रिकेट कलबविरूद्धको खेलमा हेटौडा विजयी बनेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीक...

थप पढ्नुहोस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादीले जनयुद्ध छोडेर आएको बताएका छन् ।    ...

थप पढ्नुहोस्

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता हुने भएको छ ।   आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने भएपछि यसअघि बसेको पोलिटब्युरो बैठकले दल दर्ता ...

थप पढ्नुहोस्