पोखरा–१७ मा टपरी गाँस्ने तथा धूपबत्ती बाट्ने प्रतियोगिता, छिमेकी आमा समूह र शितलपथ महिला समूह विजयी

महिला सशक्तिकरणमा सघाउ पुग्छ: उपप्रमुख गुरुङ

पाेखरा | फागुन २५, २०८१

पोखरा–१७ मा टपरी गाँस्ने तथा धूपबत्ती बाट्ने प्रतियोगिता, छिमेकी आमा समूह र शितलपथ महिला समूह विजयी

पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले ११५ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा टपरी गाँस्ने र धूपबत्ती बाट्ने प्रतियोगिता सम्पन्न गरेको छ ।

 

‘सबै महिला तथा बालिकाहरुका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित वडा भित्रका महिला समूहहरुबीच प्रतियोेगिता आयोजना गरिएको वडाध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिइन् । 

 

उनका अनुसार टपरी गाँस्ने प्रतियोगितामा छिमेकी आमा समूह विजयी बन्यो । यस्तै जनजागरण आमा समूह द्वित्तिय, लगनशिल आमा समूह तृतीय र संकल्प आमा समूहले सान्त्वना स्थान गर्याे । 

 

 

ति समूहले क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । टपरी गाँस्ने प्रतियोगितामा कुल २१ आमा समूहको सहभागिता रहेको थियो ।

 

यस्तै धूपबत्ती बाटनेतर्फ शितलपथ महिला समूह प्रथम बन्यो । ड्यामसाइड टोल विकास आमा समूह द्वित्तिय, छिमेकी आमा समूह तृतीय र श्रीराम जानकी शान्तिपथ आमा समूहले सान्त्वना स्थान हाँसिल गर्याे ।

 

उनीहरुलेपनि ​क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । धूपबत्ती बाटने प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गरेका थिए । 

 

 

विजयी तथा उपविजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथीसमेत रहेकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ वडाका जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरिएको थियो । 

 

सो अवसरमा बोल्दै पोखरा महानगरकी उपप्रमुख गुरुङले उक्त कार्यक्रमले महिला सशक्तिकरणको पक्षमा सघाउ पुर्याउने विश्वास व्यक्त गरिन् ।

 

उ​नले आगामी दिनमा पनि वडाबासीलाई सशक्तिकरण बनाउने खालका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेकी थिइन् । 

 

 

कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, वडासदस्य विक्रम गुरुङ, पोखरा-१७ का वडासचिव सुरेन्द्र शर्माका साथै सहभागीका तर्फबाट शितलपथ आमा समूहका अध्यक्ष सुमित्रा लम्साल र छिमेकी आमा समूहका अनिता पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

वडाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं वडासदस्य विष्णुकुमारी थापा भुजेलले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन वडाका कर्मचारी तिर्सना बरालले गरेकी थिइन् ।

 

 

 

पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।   गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्ध...

थप पढ्नुहोस्