माछा मार्न गएका युवकको मृत्यु
सुनसरी | फागुन १४, २०८१
सांकेतिक तस्वीर
सुनसरी: जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो ।
प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने बताउनुभयो ।
घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो । उहाँले घटनामा कोही दोषी देखिएमा निजलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

